अन्य थपमुख्य समाचारराजनीतिविश्वसंचारसमाचारस्पेसलहेडलाइन

युक्रेनी राष्ट्रपतिको थप हतियारका निम्ति अनुरोध

Share to:

एजेन्सी,

विश्वमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलब्ध गराउन आग्रह गरेका छन् । साथै उनले युक्रेनलाई शीघ्र संघको सदस्यता प्रदान गर्न अनुरोध पनि गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई युद्ध जित्नका लागि लामो समयसम्म अथक सहयोग गर्न संघका नेताहरूले सहमति जनाएका बताएका छन् । यसअघि जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीन वटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा गरेका थिए युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थित सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो । युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले पनि युक्रेनलाई सघाउने बाचा गरेकी छन् । आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले नयाँ १० अर्ब युरो प्रतिबन्ध प्याकेजले रुसलाई आवश्यक पर्ने सैन्य सामानहरूबाट वञ्चित गर्ने बताएकी छन् ।

Like