चिनियाँ जासुसलाई अमेरिकामा आठ वर्ष जेल सजाय

Share to:

एजेन्सी,

विस्वमा अमेरिकामा जासुसी गरेको आरोपमा एक चिनियाँ इन्जिनियरलाई ८ वर्ष जेल सजाय सुनाइएको छ। ३१ वर्षीय चिनियाँ नागरिक ची छावछ्युनले अमेरिकाको उड्डयन व्यापारसम्बन्धी सूचना चुहाएको आरोप लगाइएको छ। चीनले चिनियाँ गुप्तचर विभागको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको भनाइ छ। विदेशी सरकारको जासुसको रूपमा काम गरेको र अमेरिकी सेनालाई समेत गुमराहमा राखेको अमेरिकी अधिकारीहरूको भनाइ छ। अमेरिकी न्याय विभागका अनुसार चीले वैज्ञानिक र इन्जिनियर भर्तीका लागि व्यक्तिको पहिचान गरेको र भर्तीकर्ताहरूलाई झुटो बोलाएका थिए।

Like