गृह मन्त्रालयद्वारा १७ डीआईजीको सरुवा, को कहाँ ?
रासंसा/काठमाण्डौ, पौष २८,
मुलुकमा गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो । यसैगरी भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । मन्त्रालयका अनुसार डीआईजीहरु टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरिको सरुवा भएको छ ।
Like