संसदीय दलको नेतामा मै पो उपयुक्त हुन्छु हुन्छु कि कसो

Share to:

रासंसा/काठमाण्डौ पौष ३

मुलुकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्तापनइतर पक्षलाई एकीकृत राख्न आफू संसदीय दलको नेताका लागि अगाडि आउनुपर्ने अवस्था आएको जिकिर गरेका छन् । संसदीय दलको नेतामा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले एक अर्कालाई समर्थन गर्ने सङ्केत नदेखिएपछि गुरुङले यस्तो बताएका हुन् । कोइराला र थापाले एक अर्कालाई समर्थन गर्ने सङ्केत नदेखाएपछि इतर पक्ष विभाजित हुने खतरा देखिएको छ । गुरुङका अनुसार आज दिउँसो ३ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक संसदीय दलको चुनावका लागि निर्वाचन समिति बनाउने भएको छ । गुरुङले भने, ‘ केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दलको चुनावका लागि निर्वाचन समिति बनाउँछ । भोलि वा पर्सी संसदीय दलको चुनाव हुन्छ ।’ ‘दुई जनालाई मिलाउन संसदीय दलको नेताको उम्मेदवार बन्न मै उपयुक्त हुन्छु होला जस्तो भइसकेको छ,’ रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘दाबी गरेर पाउने भए मैले किन दाबी नगर्ने ? मैले पनि त दाबी गर्न पाउने होला नि ।’ संस्थापन पक्षबाट भने संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा निर्विकल्प देखिएका छन् ।

Like