अन्य थपमुख्य समाचाररोचक संसारसंचारसमाचारस्पेसलहेडलाइन

मुसाबाट बन्ने परिकार र त्यसका प्रेमीको कहानी

Share to:

रोचक संसार,

सुत्नु अघि, टेबल वा भुइँमा खानेकुराको टुक्रा कतै खसेको त छैन भनेर तपाईं हेर्नुहुन्छ । खानेकुराका खसेका टुक्राले मुसालाई निमन्त्रणा दिन्छन् कि भन्ने पिर हुन्छ । उदाहरणका लागि, न्युयोर्कले हालै सहरमा ‘मुसाको संकट’ समाधान गर्न नयाँ प्रयासहरू गरेको छ । तर त्यस्ता पाहुनालाई सबैतिर नराम्रो नै मान्छन् भन्ने छैन । केही मानिसहरूका लागि, मुसाको एक झलकले मात्रै पनि घृणा उत्पन्न गर्छ ।
यो एक असाधारण चाड हो जसमा मुसाहरू उनीहरूको खानाको उत्कृष्ट परिकारमा समावेश हुन्छन् । यो आदिवासी समुदायलाई मनपर्ने खानामध्ये एक ‘बोले बलाक उइंग’ हो जसमा मुसाको पेट, आन्द्रा, कलेजो, अण्डकोष, पुच्छर र खुट्टालाई नुन, खुर्सानी र अदुवा हालेर उसिनेर तयार गरिन्छ । यस समुदायमा सबै प्रकारका मुसाहरूलाई स्वागत गरिन्छ, चाहे त्यो घर वरपर देखिने घरेलु मुसा होस् वा जंगलमा बस्ने तिनीहरूको जंगली जात । वास्तवमा, संसारका केही ठाउँहरूमा, मुसालाई स्वादिष्ट र प्रिय खाना मानिन्छ । प्रत्येक वर्ष मार्च ७ मा उत्तरपूर्वी भारतको पहाडी क्षेत्रमा रहेको दुर्गम गाउँमा आदिवासी समुदायले ‘उनाङ अरन’ नामक पर्व मनाउँछन् । फिनल्याण्डको ओलो विश्वविद्यालयका भिक्टर बेनो मेयर रोचो भन्छन्, ‘खासगरी मुसाको पुच्छर र खुट्टा स्वादका हिसाबले प्रशंसनीय छ ।’ उनले हालै गरेको एउटा अनुसन्धानको क्रममा आदिवासी समुदायका धेरै व्यक्तिहरूसँग कुराकानी गरेका छन् । उनको अनुसन्धान मुसालाई खानाको रूपमा प्रयोगमा आधारित छ । अनुसन्धानको क्रममा, उनले यो दुःख दिने जीवबारे एक भिन्न सोचबारे पत्ता लगाए । जवाफ दिनेहरुले मुसाको मासु कल्पना नै गर्न नसकिने गरी सबैभन्दा स्वादिष्ट र उत्कृष्ट हुने बताए । मुसा उनीहरुका लागि यति प्रिय हुन्छन् कि मरेको मुसालाई उपहारको रुपमासमेत दिने गर्छन् । उनीहरुको भनाई उद्धृत गर्दै उनी भन्छन्, ‘यदि मुसा छैन भने कुनै पार्टी हुँदैन, कुनै उत्सव हुँदैन, कुनै विशेष पाहुना, भेटघाट वा आफन्तको सम्मान गर्न होस् वा कोही विशेष मौका होस्, यो त्यतिबेला मात्रै सम्भव छ जब मेन्यूमा मुसामा समावेश हुन्छ ।’ मुसा दाइजोको पनि महत्वपूर्ण सामान हो । जब दुलहीका आफन्तजनले आफ्नी छोरीलाई आफ्नो पुरानो परिवार छोडेर आफ्ना श्रीमानसँग खुसी–खुसी बिदा गर्छन् तब उपहारमा मुसा दिने गरिन्छ । त्यसोभए मुसाको मासु कहाँ पकाइन्छ ? ‘युनाङ अरन’ को पहिलो बिहान बच्चाहरुलाई दुईवटा मरेको मुसा उपहार स्वरुप दिइन्छ । ठ्याक्कै त्यस्तै गरी जुन क्रिसमसको बिहान बच्चाहरुलाई दिने गरिन्छ । आदिवासीहरू कहिले र कसरी मुसाहरू मन पराए भन्ने बारे थोरै मात्रै जानकारी छ, तर मेयर रोचो भन्छन् कि यो एक पुरानो परम्परा हो । यहाँसम्म कि मेयर रोचो शाकाहारी हुँदासमेत यो चर्चित मासु चाखे र गन्धबाहेक यो अन्य मासुसँग मिल्दोजुल्दो भएको पाए । उनी भन्छन्, ‘अहिले पनि मृग, बाख्रा, भैँसी जस्ता धेरै जनावरहरू गाउँ वरिपरिको जङ्गलमा घुम्छन् तर आदिवासी समुदायले मुसाको स्वाद मात्रै मन पराउँछन् । मुसाको कुनै प्रतिस्पर्धा नै छैन ।’ उनी भन्छन्, ‘यसले प्राणी विज्ञानका विद्यार्थीहरूको पहिलो ल्याब कोर्सको सम्झनालाई ताजा बनाउँछ जसमा उनीहरूले मुसाहरू चिर्छन् र यसको शरीर एनोटोमी अध्ययन गर्छन् ।’ क्यामरुनको याउन्डे सहर बाहिर, उनले मुसाको एउटा सानो फार्म भेट्टाए, जसलाई उनले ‘साना कुकुर, रिसाहा साना साथी’ भनेर वर्णन गर्छन् । यो भारतको यो सानो कुनामा मात्र सीमित छैन जहाँ मुसा मेनुमा हुन्छ । बेलायती टिभी होस्ट स्टीफन गेट्सले संसारभर यात्रा गरेका छन् र खानाको धेरै असामान्य स्रोत भएका मानिसहरूलाई भेटेका छन् । गेट्स भन्छन् कि यी मुसाहरू विशेष छन् किनभने तिनीहरू कुखुरा वा तरकारी भन्दा महँगो छन् । र जब उनलाई यसको स्वादको बारेमा सोधियो, उनले भने, ‘यो मेरो जीवनमा सबैभन्दा स्वादिष्ट मासु थियो ।’ उनी भन्छन्, ‘असामान्य रुपमा नरम र स्वादिष्ट स्टु निकै रसिलो जुन बोसोको एउटा सुन्दर पत्र सँगै थियो, जुन राम्रोसँग पग्लिएको थियो ।’ गेट्स याद गर्छन् कि मुसाको मासुलाई गोलभेँडासँग पकाइएको थियो र उनले यसलाई ‘सुँगरको मासुजस्तै तर असाध्यै नरम, मन्द आँचमा पकाइएको सुँगुरको काँधको मासुजस्तै’ बताए । उनले भेटेका मानिसहरूले अर्को जातका धनी जग्गाधनीहरूको बाली हेरचाह गर्छन् र बदलामा खेतमा विनाश गर्ने मुसाहरू खान अनुमति दिन्छन् । साना जनावरको छाला वा मासु बिग्रन नदिन रौँहरुलाई आगो लगाएर डढाइन्छ । यसबाट निकै भयानक दुर्गन्ध पैदा हुन्छ र छालाको माथिल्लो भाग तितो हुन्छ तर भित्र भने सबै राम्रो थियो । गेट्सका अनुसार यी साना मुसाहरू खाँदा निकै नरम थिए र तिनीहरूको स्वाद सानो कुखुराको जस्तै थियो । जलेको रौँको गन्ध मात्रै खराब थियो । मुसा भित्रको मासु र छाला एकदमै मिठो भएको उनले बताए । हाम्रो मुसाको स्वाद पुरानो हो । युनिभर्सिटी अफ नेब्रास्का लिंकनको अध्ययनका अनुसार चीनमा ताङ राजवंश (६१८–९०७) को समयमा मुसाहरू खाइन्थ्यो र तिनीहरूलाई ‘घरेलु हरिण’ भनिन्थ्यो । लगभग २०० वर्ष अघिसम्म साधारण घरेलु मुसाको एउटा मिल्दोजुल्दो प्रकार ‘क्योरे’ लाई न्युजिल्याण्डका धेरै मानिसहरुले खाने गर्दथे । लेखकहरू भन्छन् कि ताङ राजवंशको समयमा खाने गरिएको एक विशेष चीज महले भरिएको नवजात मुसा थियो । न्युजील्याण्डको इन्साइक्लोपेडियाका अनुसार, क्योरेलाई तीर्थयात्रीहरूलाई दिइने एक मनपर्ने परिकार मानिन्थ्यो र यसलाई मुद्राको रूपमा पनि प्रयोग गरिन्थ्यो, जुन विवाह जस्ता समारोहहरूमा साटासाट गरिन्थ्यो । फिलिपिन्सको अन्तर्राष्ट्रिय राइस रिसर्च इन्स्टिच्युटका ग्रान्ट सिंगलटनले कम्बोडिया, लाओस, म्यानमार, फिलिपिन्सका केही भाग र इन्डोनेसिया, थाइल्याण्ड, घाना, चीन र भियतनाममा मुसालाई खानाको रूपमा नियमित रूपमा खाइने जानकारी दिएको छ ।सिंगलटनले भियतनामको मेकोङ डेल्टामा कम्तिमा ६ पटक मुसाको मासु खाएको बताए । जहाँसम्म स्वादको सवाल छ, उनी भन्छन्, ‘धान खेतको मुसाको हकमा म यसलाई खरायोको स्वादको नजिक मान्छु ।’अफ्रिकाका केही समुदायहरूमा मुसा खाने पुरानो परम्परा छ । उदाहरणका लागि, नाइजेरियामा, अफ्रिकी विशाल मुसा सबै प्रजातिका समहूलाई प्रिय मानिन्छ । सिंगलटनले लाओसको माथिल्लो भाग र म्यानमारको तल्लो डेल्टामा पनि मुसा खाएको आफ्नो अनुभव सम्झाए । उनका अनुसार लाओसको उत्तरी माथिल्लो प्रान्तका किसानहरूले उनीहरूको स्वादको आधारमा कम्तीमा पाँच प्रकारका मुसाहरू पहिचान गर्न सक्छन् । विभिन्न देशहरूमा मुसाको स्वाद चाखेपछि, गेट्स भन्छन्, ‘मानिसहरू भोजनको कमीले बाध्य भएर नभई आफ्नो रुचीले यस्तो गर्छन् ।’ नाइजेरियाको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफकी अकितीका मोजिसोला ओयारिकवा भन्छिन्, ‘यसलाई विशेष स्वादिष्ट मानिन्छ र यो गाईको मासु वा माछाभन्दा महँगो हुन्छ । यो स्वादिष्ट छ र यसलाई भुटेर, सुकेर वा उमालेर खान सकिन्छ ।’ मुसाहरू अहिले तपाईंको नजिकैको तपाईंको मनपर्ने रेस्टुरेन्टको मेनुमा नहुन सक्छ, तर हामी हाम्रो खानाको आचरणको बारेमा बढि विश्वव्यापी हुँदै जाँदा, मुसाहरु एक दिन पश्चिमी मेन्युमा देखिन सक्छन् भनेर सोच्नु अव्यवहारिक हुने छैन ।

Like