चीनमा सहस्राब्दी पुराना बुद्ध मूर्ति फेला
एजेन्सी,
विश्वमा चीनको पुरानो बजारको भग्नावशेषमा सहस्राब्दी पुराना बुद्ध मूर्तिको अंश फेला परेको छ। यी मूर्ति थाङ वंश (६१८-९०७) मा बनाइएका मूर्तिको अवशेष हु्नसक्ने बताइएको छ। सान्सी प्रान्तको सिआन सहरको भग्नावशेषमा ६८० भन्दाबढी मूर्ति र प्यागोडाका मूर्तिकला भेटिएका हु्न्। यी मूर्ति थाङ वंश (६१८-९०७) मा बनाइएका मूर्तिको अवशेष हु्नसक्ने बताइएको छ। धेरै बुद्ध मूर्तिहरू रंगीन रेखाचित्र र सुनले सजिएका छन्। मूर्तिहरू माटो र ढुंगाबाट बनेका र धेरैजसो क्षतिग्रस्त रहेका चाइनिज एकेडेमी अफ सोसियल साइन्सअन्तर्गत रहेको पुरातत्व संस्थानका हान जिएनख्वाले जानकारी दिए। धेरै बुद्ध मूर्तिहरू रंगीन रेखाचित्र र सुनले सजिएका छन्।
Like