एमालेबाट घनश्याम भुसाल र प्रभु साह निस्कासित
रासंसा/काठमाण्डौ, मार्ग २५,
मुलुकमा एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरिएको छ । भुसालले पार्टीले टिकट नदिएकाे भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए भने साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । आज बसेको सचिवालय बैठकले उनीहरूलाई हटाइएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए । पार्टीविरुद्ध काम गरेको पाइएपछि केन्द्रीय सदस्यहरु उपेन्द्र साह रौतहट, कुन्दन कुसवाह रौतहट, रामप्रित राम सिराहा, बद्री न्यौपाने सर्लाही, रिता साह सर्लाही, गंगा चौधरी दाङ, टेकबहादुर बलम्पाकी महोत्तरीलाई पदबाट हटाउने सचिवालय बैठकले निर्णय गरेको गुरुङले बताए ,
Like