प्रधानमन्त्री अब को ?
रासंसा/काठमाण्डौ, मार्ग १७,
मुलुकमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुखलगायत प्रमुख पदमा भागबण्डा गरेर गठबन्धन सरकार बनाउने विषयमा नेताबीच छलफल भइरहेको छ । प्रमुख पदका साथै प्रदेश प्रमुख, राजदूत नियुक्ति, संवैधानिक आयोगमा नियुक्तिलगायत महत्वपूर्ण पद बाँडफाँट गरेर अघि बढ्ने’bout छलफल भइरहे पनि ‘प्रधानमन्त्री को ?’ हुने भन्ने विषयमा सहमति जुट्न सकिरहेको छैन । सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको हो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन सरकार बन्ने देखिएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइरालासहित महामन्त्री गगनकुमार थापालगायत नेता ‘संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्न योजनाबद्ध रूपमा अघि बढे’पछि देउवा अप्ठयारोमा परेका हुन् । यद्यपि, देउवा पुनः संसदीय दलको नेता हुँदै प्रधानमन्त्री हुनेमा निधि ढुक्क रहेको दाबी गरिएको छ । कांग्रेसभित्र ‘प्रधानमन्त्री को हुने ?’ रस्साकस्सी भइरहेका बेला नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ले ‘प्रधानमन्त्री आफू हुने र कांग्रेसले राष्ट्रपतिसहित अन्य महत्वपूर्ण पद लिएर अघि बढ्नुपर्ने’ भन्दै दबाब दिएका छन् । उनको सचिवालयका अनुसार ‘देउवालाई प्रचण्डले गठबन्धनका तर्फबाट प्रधानमन्त्री आफू हुने’ दाबीसमेत पेस गरिसकेका छन् । कांग्रेसको बहुमत नभए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवालाई ‘प्रधानमन्त्री आफू र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले नै बनाएको’ स्मरण गर्दै प्रचण्ड ‘कांग्रेसबाट पनि धोका हुनसक्ने पूर्वानुमानसहित पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने अडानमा रहेको’ माओवादी स्रोतको दाबी छ । सरकार निर्माणका लागि सहमति जुटाउन प्रचण्डसहित नेपाल, डा. बाबुराम भट्टराईलगायत नेताले डिल्लीबजार कारागारमा रहेका उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई भेटेर ‘सहयोग गर्न’ आग्रह गरिसकेका छन् । ‘प्रधानमन्त्रीमा आलोपालो गरेर अघि बढ्न सकिने’’bout समेत शीर्षनेताबीच छलफल भएको छ । जसअनुसार प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री हुन खोजेका छन् । एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनुअघि ‘अढाई वर्ष प्रधानमन्त्री हुने’ सहमति गरेर पार्टी एकता गरेका प्रचण्ड पहिलो चरणमै सजग देखिन्छन् । सरकार निर्माण’bout नेपालसँग छलफल गरेर सिन्धुपालचोक सुकुटे पुगेका प्रचण्डले ‘पहिलो चरणमै आफू नै प्रधानमन्त्री हुने’’bout जानकारी गराएको खुलासा गरे । सुकुटेमा रहेका पार्टी नेता तथा सांसदसँग छलफल गरेका उनले ‘पहिलो चरणमा आफू गठबन्धनबाट प्रधानमन्त्री हुने’’bout खुलासा गरेका हुन् । आफूले गठबन्धनका तर्फबाट पहिलो चरणमा ‘प्रधानमन्त्री बन्ने’ जानकारी गराउँदा देउवा ‘केही नबोली मौन बसेको’ समेत प्रचण्डले खुलासा गरेका छन् । थप छलफल निर्वाचन परिणाम आईसकेपछि अघि बढ्नेसमेत उनले उल्लेख गरे । आफूलाई प्रधानमन्त्री बनाउन जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष डा. राउतसहितका नेतासमेत सहमत भएको दाबी प्रचण्डको छ । ‘पहिलो चरणमा प्रधानमन्त्री हुने सर्तमा यी नेतासमेत गठबन्धनलाई समर्थन गर्न तयार रहेकाले सोही अनुसार अगाडि बढ्ने’ जानकारी प्रचण्डले छलफलमा गराए । केही साना कम्युनिस्ट पार्टीसँग समेत छिट्टै एकीकरण हुने उनको दाबी छ । देउवासँग भेटेर आफूले ‘नयाँ सरकारको नेतृत्व दाबी गरिसकेको’ बताउँदै उनले छलफलमा सहभागी नेतास“ग प्रचण्डले भनेका छन्, ‘यही गठबन्धन कायम राखेर अघि बढ्ने हो । पहिलो प्रधानमन्त्री भने म नै बन्ने हो ।’ चुनावी नतिजा आइसकेपछि गठबन्धन दलबीच ‘पावर सेयरिङ’लगायत विषयमा छलफल हुने प्रचण्डले बताएको एक नेताले बताए । गठबन्धनभित्रबाट ‘कुन पार्टीका को प्रधानमन्त्री ?’ हुने ’bout टुंगो नलागिरहेको बेला एमालेसमेत प्रधानमन्त्रीका लागि आन्तरिक तयारीमा जुटेको छ । एमाले नेतृत्वमा रहेको जसपा, राप्रपासहित माओवादी, जनमत तथा स्वतन्त्र सांसद सरकार बनाउने विषयमा आन्तरिक जोडघटाउमा लागेका छन् । एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माणका लागि गठबन्धन अगाडि कठिन भए पनि सत्तारूढ गठबन्धन विभाजन गरेर सरकार निर्माण गर्ने रणनीतिमा एमाले छ । सोही बमोजिम एमाले अध्यक्ष ओलीसहित शीर्षनेताले माओवादी अध्यक्ष प्रचण्डसँग फोनमार्फत् छलफलसमेत गरेका थिए । एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले वामगठबन्धन सरकार निर्माण हुने सम्भावना आफूले नदेखेको बताउँदै गर्दा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले ‘विगतका कमी कमजोरी, गल्ती बिर्सेर राजनीतिक दलस“ग वार्ता र संवादका आधारमा अगाडि बढ्ने’ बताए । सिंहदरबाररमा शुक्रबार सञ्चारकर्मीसँग छलफल गर्दै नेम्वाङलले ‘जनादेशअनुरुप टुंगोमा पुग्न विगतका सबै गल्ती कमजोरी बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको’ जानकारी दिए । प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि हालसम्मको परिणामले ‘लोकप्रिय मत’ आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै नेम्वाङले ‘हालको राजनीति सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्नुपर्ने’मा जोड दिए । ‘जनताले निषेधको राजनीति अस्वीकार गर्दै दिएको अभिमत बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ,’ नेम्वाङले भने, ‘एमाले जनताको यही सन्देश आत्मसात् गरेर कांग्रेसलगायत राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ ।’ ‘राजनीति सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठन विषयमा विभिन्न कोणबाट सवाल उठिरहेको’ उल्लेख गर्दै उनले ‘सबै दलले एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति नभएको’ प्रस्ट पारे । ‘अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ,’ नेम्वाङले भने । माओवादी केन्द्रस“ग मात्रै नभई उनले एमालेबाट विभाजन भई गठन भएका ‘एकीकृत समाजवादीसँग पनि सहकार्य हुनसक्ने’ संकेत पनि गरे । सत्तारूढ गठबन्धनभित्र ‘प्रधानमन्त्री को ?’ भन्ने विषय पेचिलो बन्दै भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनका तर्फबाट ‘पुनः प्रधानमन्त्री’ हुन खोजेका छन् । तर, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत ‘आकांक्षी’ देखिएपछि सहमति जुट्न सकिरहेको छैन ।
उता, मधेस प्रदेशमा समेत कांग्रेसकै नेतृत्वमा सरकार गठन र जनमत पार्टीलाई सहभागी गराउने विषयमा निधिले नै महत्वपूर्ण भूमिका खेलेका छन् । पुनः प्रधानमन्त्रीका लागि आन्तरिक तयारीमा जुटे पनि देउवा कांग्रेसकै नेताबाट तर्सिएका छन् । कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि गठबन्धनतर्फबाट ‘सभापति देउवा नै पुनः प्रधानमन्त्री हुने’ बताउँछन् । ‘देउवालाई पुनः प्रधानमन्त्री बनाउन दौडधुपमा रहेका’ उनै निधिले जनमत पार्टी अध्यक्ष एवं नवनिर्वाचित सांसद डा. सिके राउतलाई गठबन्धनमा सहभागी गराउन सफल भएका छन् । बालुवाटारमा निधिले देउवासँग राउतको छलफल गराउँदै ‘सरकारमा सहभागी हुन’ वातावरण तयार गरेका छन् ।