भोजपुरमा एमालेको किल्ला तोडिएसंगे संघमा सुदन, प्रदेशमा राजेन्द्र र विनोद

Share to:

रासंसा/भोजपुर, मार्ग ०९,

मुलुकमा भोजपुरमा प्रतिनिधि तथा प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभा क मा मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा ख मा नेपाली कांग्रेसका विनोद वान्तावा विजयी भएका हुन्। यस्तै भोजपुर प्रदेश क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार तथा मुख्यमन्त्री राजेन्द्र कुमार राई विजयी भएका छन्। राजेन्द्रले १६ हजार एकसय १० मत ल्याउँदै दोश्रोपटकका लागि निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका हरिबहादुर राईले कुल १२ हजार २ सय २३ मत प्राप्त गरे। प्रतिनिधिसभातर्फ गठबन्धनका साझा उम्मेदवार किरातीले २८ हजार ५ सय ७८ मत ल्याउँदै लगातार दोश्रोपटक विजयी भएका हुन्। उनका निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले कुल २६ हजार १ सय ९३ मत प्राप्त गरे। शेरधनमाथि किरातीको ०६४ सालपछिको यो दोश्रो जित हो। कुल १ लाख २३ हजार ३५९ मतदातामध्ये यसपटक भोजपुरमा कुल ५०.३९९ अर्थात ६२ हजार एकसय ८१ मतादाताले मतदान गरेका थिए। यस्तै प्रदेशसभा क्षेत्र नं २ बाट निर्वाचित विनोद वान्तावा राईले पनि ६४ वर्षपछि भोजपुरमा नेपाली कांग्रेसलाई विजयी दिलाएका छन्। उनी १३ हजार ५ सय ६९ मत ल्याउँदै विजयी भए। उनका निकटत्तम प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार ८ सय २८ मत पाए। एमाले गढ मानिने भोजपुरको क्षेत्र नं २ मा उनको यो पहिलो चुनाव र पहिलो जित हो।

Like