अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

मादक पदार्थ बिक्रीवितरणमामौन अवधिदेखि रोक लगाउन आयोगको निर्देशन

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २८,

मुलुकमा निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । निर्देशनमा भनिएको छ ‘निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ को उपदफा ५ बमोजिम तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत गणनाको काम पुरा नभएसम्म निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने विषयमा राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराई । सो व्यवस्थाको पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने । विभिन्न निकायहरूले तयार गरी पठाएका निर्वाचन आचारसंहिता कार्यान्वयन कार्ययोजनालाई एकीकृत गरी तयार गरिएको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने । आफ्नो कार्यक्षेत्र भित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि गरेको, भोज भतेर गरेको वा हातहतियार वा निषेधित सामान लिई हिँडेको र शान्ति भंग गर्ने प्रयास भएको पाइए निगरानी राखेर तत्काल जानकारी गराउनुको साथै कारबाही गर्नुपर्ने भए तत्काल कारबाही गर्न आधिकारिक निकायलाई निर्देशन दिने । निर्वाचन आचारसंहिता २०७९ पालना गर्नुपर्ने दायित्व भएका निकायहरूले आचारसंहिता विपरीत काम भए त्यसको विवरण लेखी सम्बन्धीतक जिल्लाको आचारसंहिता अनुगमन समितिलाई पठाउने ।’ समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको पनि जानकारी दिए । बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उल्लंघन सम्बन्धी उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, उजुरीको फर्छ्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयोग सक्षम रहेका पनि बताए ।

Like