१२ औं वार्षिक साधारण सभा सन्‌राइज क्यापिटलको सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १९,

मुलुकमा सन्‌राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्‌राइज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साथै, आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाबाट पारित गरिएको छ । अलफ्ट होटल ठमेलमा भएको वार्षिक साधारण सभामा प्रस्तुत भएका वार्षिक प्रतिवेदन, आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आर्थिक वर्ष ०७९/०८० कालागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ ।

Like