अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

एक इन्च जमिन पनि देशको मिचिन दिईने छैन: ओली

Share to:

रासंसा/दार्चुला, कार्तिक १८,

मुलुकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च जमिन मिच्न र मिचिन दिईने छैन भन्ने उद्घोस गरेका छन्। पछाडी परेको क्षेत्रको विकासका लागी नेकपा एमाले जहिल्यै पनि जनताको साथमा रहेको बताउदै एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा यस क्षेत्रको मिचिएको भुभाग समेटेर चुच्चे नक्सामा समेटिएको समेत बताए। उनले दार्चुलाको विकास र समस्याका बारेमा आफु जानकार रहेको बताउदै आफू प्रधानमन्त्री हुँदा धेरै कामहरु भएको समेत दाबी गरे। एमालेको देशव्यापी चुनावी अभियानको दार्चुलाबाट सुरुवात तथा पहिलो चुनावी सम्बोधन गर्दै दार्चुलामा मिचिएको नेपाली भुमि फिर्ता गरिने ग्यारेन्टी गरेका छन्। यो अभियान दार्चुला बाट सुरु हुनुमा राष्ट्रियता र विकास पहिलो प्रमथमिकता रहेको समेत उनले बताए। दार्चुलाको तिंकर सडक निर्माणमा महाकाली नदी तटबन्ध प्राथमिकतामा रहेको उनले सुनाए। सदरमुकामको प्रमुख समस्या महाकाली नदीको कटान रहेको बताउदै उनले भारत तर्फ लक्षित गर्दै भने, नदीको पानीको बहाव सर्दैमा सिमा सर्दैन, ठुलो भारतले साने सानो गरी आजने होइन। दार्चुला जिल्लाको तिंकर नाका जोडने सडक निर्माण भइरहेकोले ७० किलोटिर कडा चट्टान रहेको ढिलाई भईरहेको हो, उनले थपे। उनले आफ्नो कार्यकालमा दार्चुलामा तुइनहरुको स्थानमा झोलुङ्गे पुलहरु बनेको र दार्चुला –धारचुला मोटर पुल छिट्टै निर्माण सुरु गरिने बताए। आफु पहिलो पटक दार्चुला सदरमुकाम आएको र निर्वाचन पछि एमालेको सरकार बन्ने एक दिन दार्चुलामै बस्नेगरी आउने र तपाइहरु संग फोटो समेत खिचाउने छु भन्दै आफ्ना उम्मेदवारहरुलाई मतदान गरि निर्वाचित गराउनहुन अपील गरे। ओली खलंगामा भएको चुनावी तथा अभियान उद्घाटन गर्न हेलिकप्टरमार्फत दार्चुला पुगेपश्चात दार्चुला खलंगा स्थित स्वर्गीय नेता प्रेम सिह धामीको शालिकमा माल्यार्पण समेत गरेका थिए। यसपछि बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा हुने आमसभालाइ सम्बोधन गर्ने कार्यतालिका छ। यसअघि ओली ०७० सालको संविधानसभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुगेका थिए, ९ वर्षपछि पुनः ओली चुनाबी सभाको लागी दार्चुला आएका हुन्। सभा दार्चुलाका एमाले प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले ओली सरकारकै बेला भारतले कब्जा गरेको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल नेपाली नक्सामा समेटिएको र अदत्यो भूमि नक्सामा राखेर मात्र नहुने बताउदै साे भूमि नेपाललाई फिर्ता गर्नुपर्ने बताए। ‘हाम्रो भूमिको स्वामित्व नेकपा एमालेले मात्र फिर्ताको लागि काम गर्न सक्छ, एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा पहिलो मुद्वा बनाउँदै छ। यस्तै चुच्चे नक्सा जारी भएपछि व्याँसको छाङ्गरुमा बाहै महिना रहने गरी सशस्त्र प्रहरीको गुल्म स्थापना, सामरिक महत्वको छाङ्गरु तिंकर जोड्ने सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको कुरालाई विशेष प्राथमिकता दिदैछ। सीमा र भूगोलको रक्षाको लागि एमालेले जति अरुले काम गर्न सक्दैन’, ठगुन्नाले भने, त्यो भनिरहनुपर्ने कुरा हैन्, काम गरेर देखाएका छौँ।

Like