अन्य थपअर्थतन्त्रदेशप्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

कर्णालीका तटिय क्षेत्र डुबानमा, उर्लिएको कर्णालीले गर्दा सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिदै

Share to:

रासंसा/कैलाली, आश्विन २३,

मुलुकमा कर्णाली नदीमा पानीको सतह खतराको लेभल भन्दा निकै माथि पुगेको छ। अहिले १२ बजेको मापन अनुसार नदीमा पानीको सहत १२ दशमलव ४१ मिटर पुगेको छ। यो खतराको लेभल भन्दा निकै धेरै हो। कहिले कोशी, कहिले गण्डकी त कहिले कर्णालीमा वर्षाको कारणले नदीमा पानीको सतह बढ्दै गएका कारणले मानिसको जीवनमा असर पुर्याको छ । सतह १० दशमवल ८० मिटर पुग्नु खतराको तह पार गरेको मानिन्छ। विगत पाँच दिनदेखी जारी वर्षा अझै रोकिएको छैन। अहिले पनि चिसापानी आसपास र पहाडी जिल्लामा निरन्तर वर्षा भैरहेको छ। चिसापानीस्तिथ जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङले वर्षा निरन्तर जारी रहेकाले नदीमा पानीको सतह अझै बढ्ने सम्भावना रहेको बताईन। टीकापुर नगरपालिकाकाे जमरा र रानी कुलामा पानीको सतह बढेको छ। त्यहाँ समेत आसपासका बस्तीमा डुबान सुरु भएको छ। रानी कुलामा पानीको सतह बढेको छ। प्रेमनगर लगायतका बस्तीमा घर डुबेका छन्। कर्णाली नदीले शाहीपुर लगायतका ठाउँमा कटानी तिब्र पारेको छ। शाहीपुर नजिकै बाँध फुट्ने क्रममा छ। स्थानीय अनन्त खड्काले नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भैरहेको बताए। नदीमा पानीको सतह बढेसँगै तटीय क्षेत्र डुबानमा परेका छन्। जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका केही स्थान डुबानमा परेका छन्। कर्णाली नदीका सहायक कुला जमरा र कुलरीयामा पानीको सतह बढेको छ। पानीको सहत बढेसँगै आसपासका बस्तीमा बाढी पसेको छ। जानकी गाउँपालिकाका पूर्व खैरीफाँटा, मुर्तिया लगायतका ठाउँमा केही घर डुबानमा परेका छन्। कर्णाली नदीमा सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नदी मिसिन्छन्। कर्णाली नदीमा पानीको सतह बढ्दा कैलालीको पूर्वी र बर्दियाको पश्चिमी क्षेत्रमा बाढीको जोखिम बढेको छ। कर्णादी नदीले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका साथै बर्दियाको राजापुर नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका थुप्रै भेगमा क्षति पुर्याउने गरेको छ। उनले शाहीपुर नजिकै बाँध फुटे ठूलो समस्या निम्तिने बताए। गत वर्ष शाहिपुरमा बाँध फुट्दा कर्णाली नदी गाउँ पसेको थियो। नदीले सत्ती नजिकै हुलाकी राजमार्ग भत्काएको थियो। दर्जन बढी गाउँ डुबानमा परेका थिए। यो वर्ष समेत त्यस्तै अवस्था आउन सक्ने सम्भावना बढेको छ। स्थानीय सन्तोष चौधरीले कुनै पनि बेला कर्णाली गाउँ पस्ने खतरा रहेको बताए।

Like