Tuesday, October 20, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २२,

मुलुकमा राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। डेंगुको लक्ष्ण देखिएपछि उनी आज विहान ११ बजे महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना भएकी हुन्। उपचार संलग्न डा. निरज बमले राष्ट्रपति भण्डारीलाई डेंगुको लक्ष्ण देखिएको बताए। ‘तीन चार दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने लक्ष्ण देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो,’ डा. बमले भने, ‘रगतलगायतका परीक्षण गरेका छौं। ल्याबाट रिपोर्ट आएपछिमात्रै के भएको थाहा हुन्छ।’ शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई एनेक्स २ को बेड ६०१ मा भर्ना गरिएको छ। उनले आफूहरु रिपोर्ट कुरिरहेको बताए।

Like