‘लाइट द स्काई’ मा फिफा विश्वकपको गीत नोराले प्रस्तुति दिने
एजेन्सी,
विश्वमा बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप एसियाली राष्ट्र कतारले आयोजना गरेको हो । यसैबीच फिफाले विश्वकपका लागि आफ्नो गीत ‘लाइट द स्काई’ सार्वजनिक गरेको छ । यो गीतमा नोरा फतेही पनि नाच्दै देखिने छिन् । भारतीय सञ्चार माध्यमका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने भएकी हुन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व प्रसिद्ध सेलिव्रिटीले विश्वकपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । नोराले फिफाको उद्घाटन र समापन समारोहमा आफ्नो प्रस्तुति दिनेछिन् । साथै उनले समापन समारोहमा एक लोकप्रिय हिन्दी गीतमा नाच्ने छिन् ।
Like