दक्षिण अफ्रिकामा भयानक दुर्घटना

Share to:

एजेन्सी,

विश्वमा सवारी दुर्घटनामा परी दक्षिण अफ्रिकामा कम्तीमा २१ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १९ जना विद्यार्थी रहेका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने क्वाजुलु नातालमा दुर्घटना भएको हो । आपतकालीन स्वास्थ्य सेवा कार्यालयले शनिबार दिएको जानकारी अनुसार दुर्घटना एउटा ट्रकले अर्को ट्रकलाई उछिनेर जान खोज्दा भएको हो । दक्षिण अफ्रिकामा चालकको लापर्वाहीका कारण अधिकांश दुर्घटना भई धेरैको मृत्यु हुने गरेको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्रीको कार्यालयले शोक वक्तव्य प्रकाशित गर्दै दुर्घटनामा मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै उनीहरूको परिवारप्रति समवेदना व्यक्त गरेको छ । दुर्घटनामा परेका बालबालिका १२ वर्षभन्दा कम उमेरका छन् । उनीहरू विद्यालयबाट घर फर्किदै थिए । घटनास्थलमा पुगेको प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको र दोषीलाई कारबाही गरिने जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकहरूले लापरवाहीका कारण दुर्घटना भएको देखिएको छ ।

Like