अधिराजभर फैलियो डेंगु, रोकथाम कसरि हुँदै ?
रासंसा/काठमाण्डौ, भाद्र २२,
मुलुकमाअधिराज्यभर ७७ जिल्लाहरुमध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । हालसम्म बाग्मती, लुम्बिनी र प्रदेश १ मा डेंगु संक्रमण सबैभन्दा बढी देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयले जोखिम, अति जोखिम गरी दुई भागमा विभाजन गरेर डेंगु नियन्त्रणका लागि साताव्यापी कार्यक्रम थालेका छौं,’ ठाकुरले राजधानीसँग भने, ‘तीमध्ये सबैभन्दा बढी ललितपुर, काठमाडौं, मकवानपुर र रूपन्देही छन् ।’ महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित तीन जनाको मृत्यु भएको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयका अधिकारीले भने ‘ठोस तथ्यांक’ अझै आइनसकेको बताएका छन् । त्यस्तै, संखुवासभा, अर्घाखाँची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मीलगायत जिल्लामा डेंगु संक्रमण फैलिएको छ । योसँगै उपत्यकाका अस्पतालमा ज्वरोसहितका लक्षण भएका बिरामीको चाप बढेको छ । बिहीबारबाट उपत्यकाका तीनै जिल्लामा डेंगु नियन्त्रण अभियानअन्तर्गत घरघर गएर सचेतना अपनाउने र पानी जम्ने ठाउँ सरसफाइ र खाल्टो पुर्ने कार्य अघि बढाउन लागिएको छ । गएको बिहीबार मात्रै १० नगरपालिका प्रमुखसँग अन्तक्र्रिया गरेर नियन्त्रण उपाय विषयमा छलफल गरिएको डा. ठाकुरले बताए । उनका अनुसार डेंगु नियन्त्रणका लागि स्थानीय तहमा २ करोड ३५ लाख विनियोजन गरिएको छ । महाशाखाका अनुसार बाग्मती प्रदेशमा मात्रै ४ हजार ६ सय ४७ जनामा संक्रमण देखिएको छ । यसैगरी, भक्तपुरमा १ सय २६, धादिङमा १ सय १७, तेह्रथुममा १००, सिन्धुलीमा ७०, काभ्रेपलान्चोकमा ६८ र गुल्मीमा ६७ जनामा डेंगु संक्रमण देखिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा ९ सय ४ र प्रदेश १ मा २ सय ४८ जनामा संक्रमण देखिएको छ । यसमा पनि गत पुसदेखि २१ भदौसम्मको तथ्यांक हेर्दा ललितपुरमा २ हजार २ सय ६३ जना, काठमाडौंमा १ हजार २ सय २९ र मकवानपुरमा ६ सय ४१, रूपन्देहीमा ५ सय २१ जनामा संक्रमण देखिएको छ । नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेला परेको थियो । यसपछि बर्सेनी डेंगुका केस देखिँदै आएको छ । यसपछि सन् २००६ मा ३२ वटा केस देखिएको थियो भने २००७ मा २७, सन् २००८ मा १० जनामा संक्रमण देखियो । तथ्यांक अनुसार – बाग्मती प्रदेश– ४६४७, – लुम्बिनी प्रदेश– ९०४, – प्रदेश १– २४८, – ललितपुर– २२६३, – काठमाडौं– १२२९, – मकवानपुर– ६४१, – रूपन्देही– ५२१, – भक्तपुर– १२६, – धादिङ– ११७, – तेह्रथुम– १००, – सिन्धुली– ७०, – काभ्रेपलान्चोक– ६८, – गुल्मी– ६७ रहेको छ । सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० केस देखिएको थियो । डेंगु जुलाईदेखि नेपालमा धेरै देखिन थालेको हो । अहिले सेप्टेम्बरमा डेंगुको संक्रमण दर अझै बढ्दै छ । यो संक्रमण दर अझै दुई महिनासम्म बढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. सञ्जयकुमार ठाकुरले बताए । सँर्यास्तअघि र पछाडि ३ घण्टामा डेंगु फैलाउने लामखुट्टे सक्रिय हुने भएकाले त्यस समय सतर्कता अपनाउनुपर्ने डा. ठाकुरको भनाइ छ । डेंगु भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन्, एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस । यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानवआवास ’round पाइन्छ । लामखुट्टेले डेंगु भाइरसबाट संक्रमितलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ । डेंगु ज्वरोबाट निको भएपछि, संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेंगुु ज्वरो भाइरस प्रकारमा हुँदैन । यसको मतलब भविष्यमा अन्य तीन भाइरस प्रकारमध्ये एकद्वारा फेरि संक्रमित हुन सक्ने सम्भावना रहन्छ । दोस्रो, तेस्रो वा चौथोपटक डेंगु ज्वरो आएमा गम्भीर खतरा बढ्छ, त्यसैले डेंगु ज्वरो’bout सतर्क रहन जरुरी छ । चिकित्सकका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्छ । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ देखि १०३ डिग्रीसम्मको हुन्छ । टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाका गेंडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।
डेंगु लाग्दा देखिने लक्षण
– असाध्यै टाउको दुख्ने
– आँखाको गेंडी तथा पछिल्लो भाग दुख्ने
– ढाड, जोर्नी तथा मांसपेसी दुख्ने
– शरीरमा बिमिरा आउने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखापर्न सक्छ ।
ज्वरोबाट बच्न टोकाइबाट बच्नुका साथै लामखुट्टे वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्नसक्ने भाँडाजस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनुहुँदैन । लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै, साना केटाकेटीलाई जुनसुकै समय झुलभित्र सुताउनुपर्छ । पानी ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिनेगरी छोपेर राख्नुपर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदिनुका साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरका झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।