नेपालमै रेस्लरहरुको महाभिडन्त हुने
रासंसा/काठमाण्डौ, श्रावण १८,
मुलुकमा पहिलो रेस्लर महिला भगवती खड्का युनिका र अन्तर्राष्ट्रिय रेस्लर नेपालि ब्रो कासाथ हुन गइरहेको अन्तराष्ट्रिय रेस्लिंग प्रतियोगिता आगामी आश्विन ८ र ९ गते महा भिडन्त हुँदै छ । राजधानीको भृकुटीमण्डप काठमाडौंमा अन्तर्राष्ट्रिय ९ देशका अन्तर्राष्ट्रिय खेलाडीकासाथ अमेरिकी, अष्ट्रेलियासमेतका रेस्लरसग त्रिपल थ्रेड म्याचमा नेपालका पहिलो रेस्लर भरत विसुराल र नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका र उनका चेला नेपाली ब्रोकासाथ अरु नेपाली रेस्लरहरुको महाभिडन्त हुने आयोजक अन्तर्राष्ट्रिय रेस्लर खेलाडी नेपाली ब्रो कुमार थापाले बताउनु भएको छ । सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण सेभ द नेशन अनलाइन टिभीले गर्ने भएको छ । हामि सबैलाई निमन्त्रणा गर्दछौ कि यो महा भिडन्त कोहि कसैले नछुटोस है ।

Like
