अन्य थपविश्वसंचारसमाचारस्पेसलहेडलाइन

अगस्टदेखि श्रीलङ्काका ग्यास स्टेशनहरूले राष्ट्रिय इन्धन पास मात्र स्वीकार गर्ने

Share to:

एजेन्सी,

विश्वमा श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले सोमबार देशका ग्यास स्टेशनहरूले अगस्ट १ देखि राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली मात्र स्वीकार गर्ने बताएका छन्। मन्त्रीले ६० प्रतिशत ग्यास स्टेशनहरूले पहिले नै सो प्रणाली लागू गर्न सक्षम रहेको बताएका छन्। जनतालाई राष्ट्रिय इन्धन पासमा दर्ता गर्ने काममा सहयोग गर्न समेत आग्रह गरेका छन्। विजेसेकेराले सबै ग्यास स्टेसन सञ्चालकहरुले तत्काल र निकट भविष्यमा क्युआर कोड प्रणाली अपनाउनुपर्ने र त्यो प्रणाली पालना गर्ने ग्यास स्टेशनहरूलाई मात्र इन्धन वितरणमा प्राथमिकता दिइने बताएका हुन्। श्रीलङ्काले केही समयदेखि पर्याप्त मात्रामा इन्धन आयात गर्न नसकेका कारण सवारी चालकका लागि साप्ताहिक इन्धन कोटा सुनिश्चित गर्न इन्धन पास ल्याइएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय इन्धन पास मङ्गलबारदेखि विभिन्न ग्यास स्टेशनमा लागू गरिने विजेसेकेराले बताएका छन्।

Like