संसद छलेका प्रधानमन्त्री देउवा एनआरएनएको​ कार्यक्रममा

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २,

मुलुकमा प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका प्रधानमन्त्री देउवा गैर आवासीय नेपालीको संस्था एनआरएनएको कार्यक्रममा सहभागी भएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षमा लागि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग नलिई देउवा सो कार्यक्रममा सहभागी भएका हुन् । प्रधानमन्त्री देउवाले बोल्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नीति कार्यक्रम तथा बजेटमाथि गृहमन्त्री बालकृष्ण खाणले बोलेका छन् । आफ्नो मन्त्रालयगत छलफलमा प्रधानमन्त्री देउवा सहभागी नभएपछि नेमकिपाका सांसद प्रेम सुवाल र एमाले सांसद भीम रावलले प्रधानमन्त्रीको खोजी गरेका थिए ।

Like