सेयर बजारमा दोहोरो अंकको गिरावट : ९९ करोडमा खुम्चियो बजार
रासंसा/काठमाण्डौ, ज्येष्ठ ३०,
मुलुकमा सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। यसदिन नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा बन्द भएको हो। नेप्से दोहोरो अंकले ओरालो लागेपछि कारोबार रकम ९९ करोडमा खुम्चिएको छ। आज २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खरिदबिक्री भयो। सेन्सेटिभ इण्डेक्स २.२७ अंकले घटेर ३८९.९८ विन्दुमा अडिएको छ। दोहोरोले अंकले घटेको सेयर बजारमा २ कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट ब्रेक लाग्यो। बलेफी हाइड्रो पावर र ग्रीन भेन्चरको सेयर मूल्य १० प्रतिशत हारीहारीले बढ्यो। यसदिन चार कम्पनीको सेयर मूल्य ५ प्रतिशत बढीले घट्यो। कारोबार रकमका आधारमा यसदिन सानिमा बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ९ करोड १ लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका सबै समूहको सूचक ओरालो लाग्यो। आज ६ कम्पनीको मूल्य १ प्रतिशत बढीले र ७ कम्पनीको ०.९२ प्रतिशतले घट्यो। सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु निरुत्साहित भएका छन्। ठूलो रकम गुमाउनु पर्दा लगानीकर्ताहरु आन्दोलित भएका छन्।
