अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

महेश्वर प्रसाद दाहाल स्मृति सभा सम्पन्न

Share to:

रासंसा/काठमाणडौ, ज्येष्ठ २८,

दल वीर विस्वकर्मा रसाइली राष्ट्रिय प्रतिष्ठान नेपालको आयोजनामा प्रतिष्ठानका सन्थापक महासचिव महेश्वर प्रसाद दाहालको यहि २०७९ ज्येष्ठ १५ गतेका दिन बिहान ९ बजे मुटु रोगको कारण मोरङ जिल्लाको बिराटनगर महानगरपालिकामा आफ्नै निवासमा निधन भएकोमा स्व. दाहालप्रती शोक सभा पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष संख बहादुर लामाको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा प्रतिष्ठानका संरक्षक दल वीर विस्वकर्मा रसाइलीको विशेष उपस्थिति थियो । कार्यक्रममा विशेष अतिथी पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष वरिष्ठ समाजसेवी एव संचारकर्मी के. बि. सम्राट, अतिथिहरु भविन्द्र पराजुली, सफलता बोगटी लगायतका महानुभावहरुको उपस्थिति थियो । प्रमुख अतिथिको आसनबाट पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको विद्वानजस्ता मानिसको स्वर्गारोहण हुन्दा राज्यले सो पीडा भोग्नु परेको छ । उहाले स्वर्गीय दाहालप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रती समवेदना प्रकट गर्नुभयो । प्रतिष्ठानका संरक्षक दल वीर विश्वकर्मा रसाइलीले स्व. दाहाललाई स्मरण गर्दै प्रतिष्ठानले एक हुनाहार ब्याक्तित्व गुमाउनु परेको छ । यसले प्रतिष्ठानप्रले ठुलो क्षती ब्यहोर्नु परेको बताउनुभयो । कार्यक्रममा अतिथी सफलता बोगटीले स्व. दाहालप्रती स्मरण गर्दै उहाको सम्झनामा प्रतिष्ठानले गरेको यो स्मृतिसभा गरिमामय हुने बताउनु भयो ।

Like