अहिलेसम्म मन्त्रीहरुको विवरण प्राप्‍त भएको छैन राष्ट्रपति कार्यालयको जानकारी

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २३,

मुलुकमा नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट सिफारिस गरेका मन्त्रीहरुको सपथ ग्रहण अन्यौलमा परेको छ। राष्ट्रपति कार्यालयले अहिलेसम्म मन्त्रीहरुको विवरणनै प्राप्त नभएको जनाएको छ । एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका चारजना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँचजनाको नाम सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आफूहरुकहाँ सिफारिस भएका मन्त्रीहरुको विवरण नआएको जानकारी दिए । उनले अन्नपूर्णसँग भने, ‘अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भएका मन्त्रीहरुको नामावली प्राप्त भएको छैन । नामावली प्राप्त भएपछि मात्रै सपथ ग्रहणलगायतको प्रक्रिया अघि बढ्छ । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ नाम बुझाइसकेका छन्। समाजवादीले सहरी विकास मन्त्रालयमा चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरलाई सिफारिस गरेको हो।

Like