ग्यास बुलेटमा लागेकाे आगो नियन्त्रणमा ग्यासमा क्षति नभएको प्रहरीको भनाई

Share to:

रासंसा/चितवन, ज्येष्ठ १३,

मुलुकमा चितवनमा ग्यास बुलेटमा आगलागी भएको छ। नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गतको पन्ध्र किलो भन्ने स्थानमा मुग्लिन तर्फ जाँदै गरेको यूपि १७ एटि ८६२७ नम्बरको एलपि ग्यास बुलेटमा अचानक आगलागी भएको हो। आगो दिउँसो करिव १२ बजेर ५० मिनेटमा लागेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, ग्यास बुलेट भारतको उडिसा स्थित पैरवी ग्यास कम्पनिबाट धादिङको श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर आएको थियो। आगलागी भएपछि करिव १ घण्टा अवरुद्ध भएको सडक सुचारु भएको छ। अहिले एकतर्फी सवारीसाधान सञ्चालन गरिएको उनले बताए। बुलेटमा लागेको आगो प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा १ बजेर ३५ मिनेटमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए। ग्यासमा भने क्षति नपुगेको अधिकारीले जानकारी दिए। तर, बुलेटको क्याविन र अगाडिको टायर जलेको प्रहरीले बताएको छ।

Like