‘सम्मानित सर्वोच्च अदालत’ले विकासमा भाँजो हाल्यो वीरगञ्जका व्यवसायी भन्छन्,

Share to:

रासंसा/पर्सा, ज्येष्ठ १३,
मुलुकमा बारा जिल्लाको निजगढमा बन्न लागेको अन्तराष्ट्रिय विमानस्थल त्यहाँ नबनाई विकल्प खोज्न भनी सर्वोच्च अदालतले दिएको आदेशप्रति वीरगन्ज उद्योग बाणिज्य संघले विरोध जनाएको छ । वीरगन्जका उद्योगी व्यवसायीहरुको छाता संगठन संघले विकास निर्माणका काममा सम्मानित सर्वोच्चले भाँजो हाल्न खोजेको भन्दै अन्तरिम आदेशप्रति बिरोध जनाएको हो । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भयो भनी अर्को एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन दशक पहिलेबाट विभिन्न कार्यदल बनाई ’emको अध्ययन प्रतिवेदनका आधारमा बारामा अर्को अन्तराष्ट्रिय विमानस्थल बनाउन धेरै चरणका कार्य अगाडी बढाइए । यसमा अर्बौं रकम खर्चिएको पनि तथ्याँकले देखाएको छ । यस्तो अवस्थामा त्यो कदम नै प्रभावित हुने गरी तीन दशकपछि न्यायालयबाट आएको अन्तरिम आदेश दुःखद् र दूराशयपूर्ण छ ।’ वीरगन्ज उद्योग बाणिज्य संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘मुलुकको बीच भागमा पर्ने र सबैभन्दा उपयुक्त स्थल निजगढ ठह¥याई नेपाल सरकारको निर्णय अनुसार नै लामो समयदेखि यो विमानस्थल बनाउने कार्यले निरन्तरता पाएको हो ।’ मुअब्जाका कुराहरु विगतमा धेरै पटक बाहिर पनि आए । अन्त्वतोगत्वा प्रारम्भिक कार्यहरु समेत भइरहेका समयमा अहिले आएर सम्मानित अदालत सर्वोच्चको हठात् आदेश गर्नु दुःखद भएको पनि संघको विज्ञप्तीमा भनिएको छ । मुलुकको महत्वकाँक्षी योजनामा करोडौं लागत लगाई तीन दशकदेखि अगाडी बढेको योजना नै विफल पार्ने गरी अहिले आएर विकल्प खोज्न दिएको सम्मानित सर्वोच्चको अन्तरिम आदेश दुःखद भएको संघका अध्यक्ष सुबोध गुप्ताले बताए । यहाँका स्थानीय उद्योगी व्यवसायीले त अदालतको सो आदेश निन्दनीय भएको आरोप नै लगाए । उद्योगी व्यवसायीहरुको जेठो छाता संगठन वीरगन्ज उद्योग बाणिज्य संघले शुक्रबार एक विज्ञप्ती नै जारी गर्दै यो आदेशको कडा शब्दमा बिरोध जनाएको छ । विशेष गरी विकास निर्माणका कार्यमा न्यायपालिकाबाट हुने ढिला सुस्तीले अहिले पनि नकारात्मक असर पारिरहेको परिप्रेक्ष्यमा यो विमानस्थल निर्माण नै यहाँ नगर्ने गरी आएको आदेश वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रको हित प्रतिकुल पनि रहेको पर्सा, बाराका उद्योगी व्यवसायीहरुको तर्क छ । यस्ता आदेशले विकासमा पनि प्रतिकुल असर पार्ने उनीहरुको भनाइ छ । यो आदेश वास्तबमा नकारात्मक प्रभाव पार्ने भएकोले तत्काल पुनरावलोकन होस् भनी हाम्रो जोडदार माग रहेको भनी वीरगन्ज उद्योग बाणिज्य संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौंको सबैभन्दा नजिकको विमानस्थल र निजगढ काठमाण्डौ द्रुतमार्गको नजिकको विमानस्थल पनि हो । हरेक दृष्टिगतले यो विमानस्थल उपयुक्त हुन्छ । अझ काठमाण्डौंदेखि करिब ८० किमि दूरीमा भएकोले काठमाण्डौं आउन जान केवल एक डेढ घण्टाको दूरी मात्र हुने नजिकको विमानस्थल हरेक दृष्टिकोणले अति नै उपयुक्त पनि छ । मुलुकमा हुने विकास निर्माणका कार्यमा राज्यका सबै अङ्गहरु समान जवाफदेही हुनु पर्नेमा न्यायालयको पछिल्लो कदम राम्रो संकेत नभएको संघका अध्यक्ष गुप्ताले तर्क पनि गरे ।

Like