गाउँपालिका अध्यक्ष २२ वर्षीय युवा
रासंसा/सर्लाही, ज्येष्ठ, २,
मुलुकमा सर्लाहीको रामनगर गाउँपालिकामा-२२ वर्षीय राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका छन्। राजाबाबु कांग्रेसका हरिनन्दनप्रसाद यादवलाई १ हजार ६ सय ८९ मतले पछि पार्दै जित हासिल गरेका हुन्। राजाबाबुले ४ हजार ८१ मत ल्याएका छन् भने कांग्रेसका हरिनन्दनले २ हजार ३ सय ९२ मत पाएका छन्। उपाध्यक्षमा माओवादीकै गीता देवी निर्वाचित भएकी छिन्। माओवादी केन्द्रबाट चुनाव लडेका राजाबाबु कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्षमा निर्वाचित बनेका हुन्। गीताले ३ हजार ५ सय २३ मत प्राप्त गरेकी छिन्। उनका प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २ हजार ६ सय ३७ मत प्राप्त गरेकी छिन्।
Like