३१६८ मत गन्दा भरतपुर महानगरमा मेयरमा ३ सय मत बदर

Share to:

रासंसा/चितवन, ज्येष्ठ १,

मुलुकमा भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। आइतबार बिहानसम्म ३१६८ मत मतगणना सकिँदा बदर मत पनि बढेको छ । हालसम्म मेयरमा ३०० मत बदर भएको मतगणनास्थलमा रहेका रातोपाटीकर्मी गणेश दुलालले जनाएका छन् । उनका अनुसार उपमेयरमा २२४ मत बदर भएको जानकारी गराइएको छ । मतगणनाको अपडेट गणनास्थलबाट निर्वाचन अधिकृतको कार्यालयले समयसमयमा जानकारी गराउँदै आएको छ । पछिल्लो मतगणनाअनुसार मेयरमा रेनु दाहालले अग्रता बनाइरहेकी छन् ।

Like