अन्य थपमुख्य समाचारविश्वस्पेसलहेडलाइन

चन्द्रमाको माटोमा पहिलो पटक उमारिएको बिरुवा के भयो ?

Share to:

एजेन्सी,

वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् । यो सफल प्रयोग चन्द्रमामा लामो समयसम्म बस्न सम्भव बनाउने दिशामा ठूलो कदम हो । अन्वेषकहरूले यस माटोमा बीउ छरे । दुई दिन पछि, बीउ अङ्कुरित भयो, यो देखेर अनुसन्धानकर्ताहरू धेरै छक्क परेका थिए । शोधकर्ताहरूले सन् १९६९ देखि १९७२ सम्म अपोलो मिसनका क्रममा चन्द्रमाबाट माटो सङ्कलन गरेका थिए । यो प्रयोगमा सोही माटो प्रयोग गरिएको छ । फ्लोरिडा विश्वविद्यालयकी प्राध्यापक अन्ना–लिसा पलले चन्द्रमाको माटोमा उम्रिएका बोटबिरुवाको नतिजामा एक पेपरको सह–लेखन गरेकी छिन् । यो प्रयोग बारे उनी भन्छिन्, ‘हामी कत्तिको छक्क परेका थियौँ भनेर म शब्दमा वर्णन गर्न सक्दिनँ ।’ तर, छिट्टै नै यसमा कठिनाइ उत्पन्न भए । चन्द्रमाको माटोमा उम्रिएका बिरुवाहरू कमजोर देखिन थाले र असाध्यै ढिलो विकसित हुन थाले । अन्ततः यी बिरुवाहरू मरे । अन्ना लिसा भन्छिन्, ‘हरेक बिरुवा करिब ६ दिनसम्म एकै खालका देखिएका थिए ।’ तर यो प्रयोगमा संलग्न व्यक्तिहरु यो ठूलो सफलता भएको बताउँछन् । नासाका प्रमुख बिल नेल्सन भन्छन्, ‘वनस्पतिको आधारभूत विकासमा गरिएको अनुसन्धान नासाले कृषि क्षेत्रमा कसरी नयाँ आविष्कारहरू गरिरहेको छ भन्ने एउटा उदाहरण हो । यसले हामीलाई पृथ्वीमा खाद्यान्न अभाव भएका क्षेत्रहरुमा बोटबिरुवाको क्षतिलाई कसरी रोक्ने भनेर बुझ्न मद्दत गर्नेछ ।’ यसबारे नासाका प्रमुख बिल नेल्सनले भने, ‘यो अनुसन्धान नासाको भावी मानव अन्वेषण लक्ष्यका लागि महत्त्वपूर्ण छ । किनभने हामीले भविष्यका अन्तरिक्ष यात्रीहरू चन्द्रमामा बस्न र त्यहाँ काम गर्नका लागि खाद्य स्रोतहरू विकास गर्नका लागि चन्द्रमा र मंगल ग्रहमा पाइएका स्रोत साधनको उपयोग गर्ने आवश्यकता हुनेछ ।’ अनुसन्धानकर्ताहरुका लागि एउटा चुनौती यो हो कि उनीहरुसँग चन्द्रमाका धेरै माटो छैन । फ्लोरिडा विश्वविद्यालयको टोलीलाई प्रयोगका लागि १ ग्राम माटो मात्रै दिइएको थियो । यसलाई दशकौँदेखि बन्द राखिएको थियो । सन् १९६९ देखि १९७२ सम्म नासाका अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतहबाट ३८२ किलोग्राम माटो ल्याएका थिए । यो ३८२ किलोग्राम माटो ल्याइएको थियो । यो ३८२ किलोग्राममा चन्द्रमाका चट्टान, कोर नमूना, कंक्रिट, बालुवा र धुलो समावेश थियो । नासाले सन् १९७२ पछि पहिलो पटक सन् २०२५ का लागि निर्धारित एक मिसनमा मानवलाई चन्द्रमामा उतार्ने योजना बनाएको छ ।

Like