सुनको मूल्य एक हजारले घट्यो
रासंसा/काठमाण्डौ, बैशाख २८,
साताको चौथो दिन बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजारले घटेर ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Like