नेकपा एमाले नेता नेम्बाङले देशको नेतृत्व एमालेले लिने अवस्था देखियो बताए

Share to:

रासना/काठमाण्डौ, बैशाख २३,

मुलुकमा नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले जनता आफूहरुसँग भएको र देशभर एमालेका पक्षमा जुरुक्कै उठेको माहोलले फेरी एमालेले मुलुकको नेतृत्व लिने अवस्था देखिएको बताएका छन्। ‘हाम्रो पार्टीको यही जनलहर देखेर आत्तिएकाहरुले बनाएको गठबन्धन निर्वाचन पछि आफैं शिथिल हुन्छ’ उनले भने। जत्रो र जतिसुकै गठबन्धन भएपनि एमाले अझ सुद्रिढ र व्यवस्थित बनेर चुनावी मैदानमा होमिएको बताउँदै उनले वैशाख ३० गतेपछि मुलुकको नेतृत्व फेरी एमालेले लिनेमा ढुक्क रहन कार्यकर्ताहरुलाई आस्वास्त पारे। उनले पार्टी छाडेर जानेभन्दा बढी प्रवेश गर्नेहरु रहेको भन्दै एमाले पहिले भन्दा सुद्रिढ रहेको समेत दाबी गरे। नेकपा एमालेकातर्फबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा उम्मेदवार बनेकाहरुलाई शुभकामना दिन आयोजित चुनावी सभालाई शुक्रबार आम्बेगुदिनमा सम्बोधन गर्दै नेम्बाङले मेची महाकाली देशैभर एमालेको पक्षमा जनलहर देखिएको दाबी गरे। ‘मलाइ धुलोको एलर्जी छ, एमालेलाई उहाँहरुले धुलो चटाउँछौं भन्नुभएछ’ उनले व्यंग गर्दै भने ‘धुलो चाटिन्छ की भनेर उहाँहरु आफैंनै कसैको वैशाखी समाइरहनु भएको छ।’ वैशाखी समाए पनि वैशाखपछि कसैले पनि समाउन नसक्ने अवस्था बन्न सक्नेतर्फ उनले नेपाल र खनाललाई चुनौती दिए। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संघीय सरकारका अर्थमन्त्री जर्नादन शर्मा र प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको सेटिङमा देशभर घोटाला भइरहेको आरोप लगाएका छन्। जनताको मन एमालेको विचार, राष्ट्रियताको भावना र कार्यशैलीले जितेको भन्दै यही ओजका कारण आसन्न स्थानीय तहको निर्वाचनको नतिजामा एमाले अब्बल देखिने नेम्बाङको भनाइ थियो। नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको नाम नलिइ तर उनीप्रति लक्षित गर्दै नेम्बाङले भने ‘चुनाव पछि एमालेलाई धुलो चटाउँछौं भनेर उहाँहरुले भनेको दिनदेखि मलाइ हाछियु आइरहेको छ।’ कार्यक्रममा एमाले सचिव योगेशकुमार भट्टराई, पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धर, केन्द्रीय सदस्य टंक आङबुहाङ, पासाङ शेर्पा, उर्मिला थेबे, जिल्ला अध्यक्ष भूपेन्द्र थेबे लगायतको उपस्थिति रहेको थियो। गठबन्धन सरकारको मुख्य काम भनेकै देशको अर्थतन्त्र डामाडोल बनाउने मात्र रहेको उनको थप आरोप थियो। देशको अर्थतन्त्र टाट पल्टिएको, महंगी अचाक्ली बढेको, बैंकहरुमा आर्थिक तरलता कायम भएको, सात दिनमा एकपटक जनताले सहन नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र खाने तेल लगायतका दैनिक उपभोग्य वस्तुमा देखिएको अचाक्ली मूल्य वृद्धिले जनतामा गठबन्धन सरकारबाट आस राख्न नसक्ने समेत बस्नेतले बताए।

Like