अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १७,

आज खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार भिजिबिलिटी कम भएकाले उडान र अवतरण प्रभावित भएको हो। तारा, बुद्ध र यतीका गरी ६ वटा उडान डाइभर्ट भएका छन्। ताराको लुक्ला–काठमाडौँ जहाज रामेछापमा तथा बुद्धका चार र यतीको एउटा उडान जनकपुर डाइभर्ट भएको प्रवक्ता सिटौलाले बताए। अन्तर्राष्ट्रिय उडानमा अहिलेसम्म समस्या नरहेको उनको भनाइ छ।

Like