माओवादी नेता पक्राउ यौन दुर्व्यवहारमा

Share to:

रासंसा/रसुवा,

मुलुकमा ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका कालिका गाउँपालिका–३ धारापानीका ३५ वर्षीय गणेश बिक प्रहरीले जनाएको छ । बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थान पठाइएको प्रहरीले जनाएको छ । बिहीबार साँझ स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिंडेका बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । पीडित बालिकाको शुक्रबार बिहान रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Like