यति ग्रुपसँग मिलेर ओलीले भ्रष्टाचार गरेको नेपालको आरोप

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १५,

मुलुकमा यतिखेर एक पार्नेटीका नेतालाई अर्कका पार्पाटीका नेताले भण्डाफोर गर्ने गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाउनुभएको छ । उहाँले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाउनुभयो । बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाउनुभएको हो ।
अध्यक्ष नेपालले नेकपा एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने बताउनुभयो । उहाँले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताउनुभयो । अध्यक्ष नेपालले आफूलाई इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले सबै महानगर र उपमहानगरमा उठ्नेहरुलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

Like