निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने गठबन्धनको निर्णय
रासंसा/काठमाण्डौ, बैशाख १४,
मुलुकमा गठबन्धनले देशभरि चुनाव तालमेलका लागि बुधबार सात बुँदे निर्णय गर्दै निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति जनाएका छन्। गठबन्धनका शीर्ष नेताहरूले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने भएका हुन। बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिएको बताइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनविपरीत दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गर्ने निर्णय गरेको हो।
Like