कान्तिपुर इन्टरनेश्नल कलेजमा रक्तादान कार्यक्रम सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १६,

राजधानीको बुद्दनगरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजको आयोजनामा कलेजका प्राचार्य नरेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान आफु गरौ र अरुलाई पनि रक्तदान गर्न प्रोत्साहित गराऔ र Gift Blood is Gift of life भन्ने मूल नाराका साथ सम्पन्न भएको रक्तदान कार्यक्रम काठमाण्डौ महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीको आतिथ्यता सम्पन्न भएको हो ।

विशेष अतिथिहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष १६९ पटक रक्तदान गरि विश्वमै पहिलो व्यक्ति रक्तसतक प्रेम सागर कर्मचार्य, संचार क्षेत्रबाट विश्वमै सबैभन्दा बढीपटक रक्तदान गर्ने वरिष्ठ समाजसेवी के. बि. सम्राटको उपस्थिति थियो । अतिथिहरुमा पशुपति अन्नपुर्ण आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकि संरक्षक माता भद्रकाली, १० नम्बर वडा सदस्य सतिस तन्डुकार, कलेजका कार्यकारी निर्देशक प्रताप राज जोशी थिए ।

प्रमुख अतिथि रामकुमार केसीले रगत ब्याग ११० औ पटक रक्तदान गर्ने संचार क्षेत्रका विश्वमा सबैभन्दा बढी पटक रक्तदान गर्ने वरिष्ठ पत्रकार एवं समाजसेवी के. बि सम्राटलाई हस्तान्तरण गर्दै कार्यक्रम समुद्घाटन भएको थियो । यसपश्चात संचार क्षेत्रका विश्वमा सबैभन्दा बढी पटक रक्तदान गर्ने वरिष्ठ पत्रकार एवं समाजसेवी के. बि सम्राटले ११० औं पटक रक्तदान गरेका थिए ।

औपचारिक कार्यक्रममा कलेजका कार्यकारी निर्देशक प्रताप राज जोशीले प्रत्येक व्यक्ति र संस्था रक्तदानमा सहभागी बन्ने हो भेने रगत संकट नहुने र विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्न सिकाउन यस्ता कार्यक्रम उपयोगी हुने बताउदै आफु पनि रक्तदान गर्ने बताउनुभयो ।

विशेष अतिथिको आसनबाट संचार क्षेत्रबाट विश्वकै सबैभन्दा बढी पटक रक्तदान गर्ने पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाधक्ष वरिष्ठ पत्रकार एवं समाजसेवी के. बि. सम्राटले समस्या र समाधान हामि आफैमा छ रक्तदान कर्तव्यमात्र नभई धर्म पनि हो भन्दै नियमित रुपमा रक्तदान गर्न आहारलाई ध्यान दिन आवश्यक छ भन्नुभयो ।

यस्तै विशेष अतिथिका आसनबाट नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष रक्तसतक प्रेमसागर कर्माचार्यले स्वस्थ मानिसले प्रत्येक तिन तिन महिनामा रक्तदान गर्न सकिने र रक्तदान गर्दा शरीरलाई कुनै पनि असर नानुने बताउदै यसरि कलेज कलेजमा रगत सम्बन्धि जनचेतना तथा शिक्षा सम्बन्धि कार्यक्रम गर्दै प्रत्येक तिन तिन महिनामा रक्तदान कार्यक्रम संचालन नै गरे रगतको अभाव नहुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतीथी रामकुमार केसीले कान्तिपुर इन्टर्नेशनल कलेजले रक्तदान कार्यक्रम आयोजना गरेर विश्वमै धेरै पटक रक्तदान गने व्यक्तिसंग भेट हुने अवसर मिलेको खुशी ब्यक्त गर्दै कलेजले निभेको भूमिकामाथि प्रसंशा गर्नुभयो । कार्यक्रमका सभापति कलेजका प्राचार्य डा. नरेन्द्र कुमार श्रेष्ठले यस कलेजले BBA, BID, BHM, BHCM, B. Arch, BE. Civil , MBA, MHHM का विद्यार्थीहरुले यस्तो कार्यक्रम संचालन गर्दै आएको बताउदै आगामी वर्षहरुमा पनि रक्त्तादान कार्यक्रमलाई निरन्तरता दिने र कलेजले गर्नुपर्ने वातावरण तयार गरिदिने बताउनुभयो । कार्यक्रममा प्विरमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुलाई मायाको चिनो तथा रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका गरि २१० युनिट रगत संकलन भएको MBA/BBA का कार्यक्रम संयोजक अमर थापाले जानकारी दिनुभएको थिहो । कार्यक्रम बन्दना थापाले निकै सभ्य र भब्य अनुशासित रुपमा संचालन गरेकी थिइन् ।

Like