द्विपक्षीय भेटवार्ताका लागि सिंहदरवार पुगे वाङ सम्झौता पत्रमा हस्ताक्षर आजै हुने सम्भावना

Share to:

रासंसा/काठमाण्पडौ, चैत्र १२,

परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ताका लागि चिनियाँ विदेशमन्त्री वाङ यी सिंहदरवार पुगेका छन्। तीन दिने भ्रमणमा शुक्रबार नेपाल आइपुगेका चिनियाँ विदेश मन्त्री वाङसहितको प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा नेपाल र चीनबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर हुने छ। नेपाल र चीनबीच महत्वपूर्ण विषयमा सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। स्रोतका अनुसार चीनले रातमाटे-रसुवागढ-केरुङ ट्रान्समिशन लाइन, चिनियाँ लगानीमा बन्ने केरुङ-काठमाडौं रेलवे परियोजनाको सम्भावयता अध्ययन रहेको छ। त्यस्तै चितवनको भरतपुर क्यासन्स अस्पताललाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने विषयमा र मकवानपुरमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण गर्ने विषयमा सम्झौता हुनसक्ने स्रोतको भनाइ छ। त्यस्तै सन् २०१९ मा नेपालमा भ्रमण आएका बेला चिनियाँ राष्ट्रपति सी जिङपिङले ५ सय मिलियन अमेरिकी डलर अनुदान सहयोग गर्ने वाचा गरेका थिए। सो कार्यन्वयनका लागि सम्झौता हुनसक्ने स्रोतको भनाइ छ। निर्माणाधीनको अन्तिम चरणमा रहेको पोखरा विमान अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल हस्तान्तरणसमेत हुनसक्ने बताइएको छ। त्यस्तै हुम्लामा चिनियाँ लगानीमा ड्राइपोर्ट बनाउने, नेपालबाट घाँस निर्यात गर्ने विषयमा र प्राविधिक र आर्थिक सहयोगमा नेपाल र चीनबीच हस्ताक्षर हुनसक्ने बताइएको छ।

Like