दशौं महाधिवेशन एनआरएनएको उपत्यकामा सुरु
रासंसा/काठमाण्डौ, चैत्र १२,
मुलुकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे ।
संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ। आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्। ‘‘एनआरएन स्थापना गर्दैगर्दा उपेन्द्रजीको पालामा सत्ययुगमा थियो, जीवाजीको पालामा चुनाव भएन त्यसलाई तेत्रायुग नै मानौं,’ भट्टले भने, ‘मेरो पालामा शेषजीसँग निर्वाचन भयो, त्यसलाई द्धापर युग मानौं, अहिले विवाद देख्दा कलियुग जस्तो लागेको छ ।’ यद्यपि, एनआरएन संस्था पवित्र उदेश्यका साथअघि बढेकाले विचलित नभइकन एनआरएनको एकताका लागि पहल गर्न उनले आब्हान गरेका छन् । गैरआवसीय नेपाली महासंघ (एनआरए) का पूर्वअध्यक्ष भवन भट्टले संगठनमा कलियुगमा प्रवेश गरेको भन्दै अध्यात्मक तरिकाले व्याख्या गरेका छन् । काठमाडौंमा जारी १०औँ महाधिवेसनलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको पालामा एनआरएन सत्ययूगमा रहेको र अहिले कलियुगमा प्रवेश गरेको उनको तर्क छ ।