युक्रेनी राष्ट्रपतिलाई देशबाट निकाल्न सघाउने अमेरिकाद्वारा प्रस्ताव, राष्ट्रपति जेलेन्स्कीद्वारा अस्विकार

Share to:

एजेन्सी,

अमेरिकी पत्रिका वाशिन्टन पोष्टको रिपोर्ट अनुसार अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई देश छाड्न चाहे सघाउने प्रस्ताव राख्दै आएको छ। तर जेलेन्स्कीले भने अमेरिकी प्रस्तावलाई अस्वीकार गर्दै आएका वाशिन्टन पोष्टले लेखेको छ। जेलेन्स्की आफैंले आफू रुसको पहिलो नम्बरको निशानामा रहेको बताँउदै आएका छन्। ‘हामीहरुले उनलाई रुसी अतिक्रमणको मात्र होइन उनकै जीवनमा रहेको जोखिमबारे पनि अवगत गराइरहेका थियौं,’ अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेट प्रतिनिधि एडम बी स्चिफले भने। स्चिफ अमेरिकाको तल्लो सदन अन्तरगतको गुप्तचर समितिका अध्यक्ष हुन्।
अमेरिकी तथा युक्रेनी अधिकारीहरुलाई उदृत गर्दै वाशिन्टन पोष्टले लेखेको छ,‘जनवरीमा युक्रेनको भ्रमणको क्रममा अमेरिकाको गुप्तचर एजेन्जी सिआईएका निर्देशकले जेलेन्स्कीलाई उनको सुरक्षामाथि खतरा रहेको चेतावनी दिएका थिए। तत्कालीन समयमा अमेरिकी गुप्तचरले रुसी हिटम्यानहरु किभमा आइसकेको हुनसक्ने चेतावनी दिएका थिए।’

Like