बिवाहित महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तनको क्यान्सर सम्बन्धि दुई दिने स्वास्थ्य परीक्षण सिविर सम्पन्न

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, फाल्गुन १३,

बिवाहित महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तनको क्यान्सर सम्बन्धि दुई दिने स्वास्थ्य परीक्षण सिविर सम्पन्न भएको छ। सिर्जनशील दिदीबहिनी समूह तनहुँको आयोजनामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्वन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको हो । शिविरमा ३सय २७ जनाको पाठेघरको मुखको क्यान्सर सम्वन्धी परीक्षण गरिएको थियोे भने ३सय ७० जनाको स्तन क्यान्सर सम्वन्धी स्वास्थ्य परीक्षण गरिएको थियोे ।
पाठेघर र स्तन क्यान्सर सम्वन्धी कुल ६सय ९७ जनाको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रमकि संयोजक नारायणी अधिकारीले बताईन्।
उक्त परीक्षणबाट पाठेघरतर्फ शंकास्पद देखिएका १सय ४० जना उच्च जोखिममा रहेका ३७ जना र पाठेघरको मुखको क्यान्सर १ जनालाई देखिएको छ।
परिक्षणका क्रममा स्तन क्यान्सरतर्फ शंकास्पद देखिएका १सय१७ जना मध्ये उच्च जोखिममा ५२ जना रहेका छन। पाठेघरतर्फ ३८ जना र स्तन क्यान्सरतर्फ ५२ जनालाई उपचारकालागि चितवन स्थित वी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पठाईएको छ।
कार्यक्रममा प्राविधिक सुपरभाइजर अयोध्या पाठकले स्तनमा मरिजको दाना जस्तो गिर्खा भेटिए नजिकैको अस्पतालमा चेकजाँच गर्न सुझाव दिईन्। कार्यक्रममा स्वास्थ्य प्राविधिक मन्जु शर्मा,प्राविधिक तारा दवाडी ले स्वस्थ्य जाँच गरेका थिए। क्यान्सर रोग विभागका प्रमुख डा. कृष्णप्रसाद सुवेदीले संसनरभरिमा पुरुषमा फोक्सो र पेटको बडी क्यान्सर भएको र महिलाहरुमा स्तन , पाठेघर र फोक्सोमा बडी क्यान्सर रोगबाट पिडित हुनेगरेको बताए ।

Like