२ को मृत्यु, थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ६,

मुलुकमा पछिल्लो २४ घन्टामा थप ४३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पछिल्लो २४ घन्टाको कोभिड १९ विवरण सार्वजनिक गर्ने क्रममा सोको जानकारी गराएको हो। यस्तै, सोही अवधिमा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घन्टामा १ लाख २४ हजार ८६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ रहेको छ।
मन्त्रालयका अनुसार ९ हजार ९१ नमूना परीक्षणमा ४३७ जनामा संक्रमण देखिएको हो। यस्तै शुक्रबार थप २४ सय ५४ जना कोरोनामुक्त भएका छन्। निको हुने दर ९७.३ प्रतिशत हो। हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ४८ हजार ७८४ पुगेको छ।

Like