सुनचाँदीको मूल्य बढ्यो
रासंसा/काठमाण्डौ, माघ २८,
मुलुकमा सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९३ हजार ४०० पुगेको छ। पहेँलो धातु मङ्गलबार प्रतितोला ९३ हजार १०० मा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार ६०० थियो।
Like