२७ प्रतिशत लाभांश एसियन लाइफले पारित गर्यो
रासंसा/काठमाण्डौ, माघ २२,
मुलुकमा भर्चुअल रूपमा बसेको कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै लगानीकर्ताले २७ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । एसियन लाइफ इन्स्योरेन्सले २७ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको १३ औं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश पारित गरेको हो । विसं. २०६४ सालदेखि कारोबार सुरू गरेको कम्पनीले विसं. २०७८ सम्म आइपुग्दा ३० अर्ब रुपैयाँको जीवन बीमा कोष र ३० अर्ब रुपैयाँ लगानी रहेको छ । यस्तै, कम्पनीले चालू आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म १ अर्ब ६ करोड बीमा शूल्क आर्जन गरेको छ ।
Like