१६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस विशेष समारोह सम्पन्न
रासंसा/काठमाण्डौ, माघ १५,
रगत र रक्तातत्वहरु आवशाकतानुसार उपलब्ध हुनु जति जरुरी छ, त्योभन्दा बढी यसको यथोचित व्यवस्था गर्न अति आवश्यक छ,, नाराकासाथ नेपाल स्वयंसेवी रक्तदाता समाजले १६ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस भब्यताकासाथ सभ्य रुपमा राजधानिरो बागबजारस्थित होटेल हार्दिकमा मनायो । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठको प्रमुख अतिथिको आतिथ्यता थियो । त्यसैगरी अतिथिहरूमा क्रमशः नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार, थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा प्रसाद पाठक, संगीत शाखा रेडियो नेपालका प्रमुख मनराजा नकर्मी, समाजका सल्लाहकार दिव्यमणि दीक्षित र माता भद्रकाली रहेका थिए ।

कार्यक्रमको समुद्घाटन भने नौलो थियो जुन आफ्नो दुई हात र एउटा खुट्टा गु्माएकी कार्यक्रमकी प्रमुख अतिथि कमला श्रेष्ठले कार्यक्रमका सभापति तथा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा लेखिएको शब्द रहेको गीत गाएर समुद्घाटान भएको थियो ।



कार्यक्रमको पुर्वाद्द्मा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा जम्मा ३४ जना रक्तादाताले रक्तदान गरेका थिए ।

साथै सो कार्यक्रममा प्रमुख अतिथि,अतिथि,आमन्त्रित महानुभावहरू र सभापति लगायतले एकसाथ ‘हाम्रो रगत’ स्मारिकाको सामुहिक लोकार्पण गरेका थिए । कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा–पत्र पनि बितरण गरिएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य रमेश प्रसाद पाण्डेद्वारा स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रमको सञ्चालन डा. घनश्याम खतिवडाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट संचारकर्मी एवं गायिका कमला श्रेष्ठले नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं स्वयंसेवी शतक प्रेमसागर कर्माचार्यले गरेका सामाजिक कार्यप्रति प्रसंसा गर्दै कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गर्न कार्यक्रममा निम्त्याइएकोमा धन्यवाद दिदै भविष्यका दिनहरुमा सफल कार्यको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

अतिथिको आसनबाट नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकारले लामो संघर्ष गर्दै स्वयंसेवी रक्त शतक प्रेमसागर कर्माचार्यले दिन रात कुनै असहाजको वातावरण नभनी रगतको आवश्यकतालाई पुरा गरेको तर राज्यले उहालाई गर्नुपर्ने कार्यलाई वेवास्ता गरेको गुनासो गर्दै नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागबाट र मेरो तर्फबाट के सहयोग गर्नुपर्ने त्यो मैले गर्ने छु भन्नुभयो ।

अतिथितिकै आसनबाट माता भद्रकालीले नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं स्वयंसेवी शतक प्रेमसागर कर्माचार्यलाई शुभ आशिर्वाद दिदै समाजमा यस्तै व्यक्तित्वहरुको खाचो परेको महशुस भगवानलाई पनि छ राम्रा काम गर्दै जाने हो भने भगवान पनि खुशी नहुनेमा दुइ मत नरहेको भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका हरेक कार्यहरु सफल हुँदै जाउँन भनि शुभकामना दिनुभयो ।

थालिसिमिया सोसाइटिका अध्यक्ष दुर्गा पाठकले रगतलाई सहज बनाउन हाम्रो समाजले के गर्नुपर्छ त्यो हामीले पनि गर्ने छौ भन्दै शुभकामना दिनुभयो भने अर्का अतिथि संगीत शाखा रेडियो नेपालका प्रमुख मनराजा नकर्मीले मुलुकमा यस्ता कार्य गर्नेलाई राज्यले वेवास्ता गरेको गुनासो गर्नुभयो ।


अतिथिकै आसनबाट समाजका सल्लाहकार दिव्यमणि दीक्षितले आफ्ना विगतका कुराहरुलाई स्मरण गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजले गरेका कार्यहरु देख्दा मलाइ लाग्छ कसरि गरेको होला भन्ने लाग्थ्यो तर म नै उपस्थित हुँदा समय फरक रहेछ जस्तै हामि सबै यसमा लागि परे सबै समस्याका समाधान हुने छ भनेर आह्वान गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका सभापति स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रमको समापन गर्दै मुलुकमा रगतको अभाव हुन नदिन राज्यले गहन भूमिका नखेलेको र निजि रक्त संचार केन्द्रलाइ समेत प्राथमिकता दिएर रगतको अभावको सृजना भएको गुनासो गर्दै यसलाई सहज बनाउन राज्यकै भूमिका गहन हुनुपर्नेमा जोड दिनुभएको थियो ।