जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको मोबाइल पत्तालगाई हस्तान्तरण
अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / सुरक्षा गतिविधि / शुक्रबार १५ गते तनहुँ ।***********************************************************************************
******************************************************************************जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको मोबाइल पत्तालगाई सम्वन्धित मोबाइल धनीलाई नै बुझाएको छ।
ब्यास-२ घर भएकि डाली शाहीको २६ हजार मूल्य बराबरको (भाइभो जातको) मोबाइल जिल्ला स्थित म्याग्दे गाँउपालिका सगै रहेको प्रसिद्ध धार्मिक तिर्थ स्थलअकला सगै पौष२६ गते दमौली बाट पोखरा तर्फ जादै गर्दा बाटोमा अचानक हराएको भनी खोजतलास गरिदन जिल्ला प्रहरी कार्यालय दमौलीमा निवेदन दिएकि शाहीको उक्त मोबाइल जि,प्र,का तनहले पत्ता लगाई शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँका निरीक्षक शिवराज क्षेत्रीले सम्वन्धित मोबाइल धनीलाई उक्त मोबाइल हस्तान्तरण गरेका हुन्। 
मोबाइल धनी डाली शाहीले जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नो महत्त्वपूर्ण डकुमेन्ट रहेको उक्त मोबाइल पत्तालगाई हस्तान्तरण गरेको भन्दै उच्चस्तरीय र उदहारणीय कार्यको प्रशंसा गरिन्।
यस्तै तनहुँ जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका विभिन्न जातका मोबाइल ,हराएका मोबाइल र फेला परेका मोबाइलहरु सम्वन्धीत धनीलाई बुझाएर उच्चस्तरीय ,रचनात्मक तथा सराहनीय कार्य गर्दै आएको छ।