सत्ता गठबन्धनको स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय

Share to:

रासंसा/काठमाण्डौ, आघ ७,

स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको हो । उनले भने, ‘निर्वाचनबारे विभिन्न प्रस्तावमाथि छलफल भएको छ । यस विषयमा गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको छ।’संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गरिने उनको भनाइ छ।

Like