जिल्ला प्रशासन कार्यालय तनहुँमा विधुतिय प्रवृधिबाट राहदानी सेवा लिन सकिने

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार *****************************************
जिल्ला प्रशासन कार्यालय तनहुँबाट विधुतीय राहदानी सेवा लिन पाइने भएको छ ।
कार्यालयले शुक्रबारदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको हो । प्रशासनले पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी प्रदान गर्न शुक्रबारदेखि सेवा सुरु गरेको कार्यालयले सुचना जारी गरेको छ।
पहिलो चरणमा दैनिक १० जनालाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेद्वारा हस्ताक्षरित सुचनापत्रमा जनाईएको छ।
विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र वा यसको १० अङ्कको नम्बर अनिवार्य रहेको जनाईएको छ।पुरानो एमआरपी राहदानीमा एक वर्षभन्दा बढी म्याद बाँकी रहेकाहरुको हकमा विद्युतीय राहदानी जारी नहुने कार्यालयले जनाएको छ । तनहुँमा मङ्सिर १ गतेदेखि एमआरपी फाराम सङ्कलन बन्द गरिएको छ ।

Like