जेष्ठ नागरिकको पदस्थापना कार्यक्रम सम्पन्न

Share to:

**************************************** तस्बिरमा अन्जनराज न्यौपाने तनहुँ ######################################## जेष्ठ नागरिक मिलन केन्द्र ब्यास-३को १५ औं बार्षिक साधारणसभा एब्म् ५ औअधिवेशनको पदस्थापना कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त अधिवेशनमा संस्थाका अध्यक्ष शालिग्राम गिरी लगाएत केन्द्रको उपाध्यक्षमा मैना देवि अधिकारी ,सचिवमा रामलाल श्रेष्ठ ,कोषाध्यक्ष पदमा हरिश्चन्द्र वाग्ले ,सहसचिवमा गोविन्द गिरी र सदस्यहरुमा क्रमशः कर्णबहादुर जिसि,बाबुराम पौडेल ,खेमबहादुर रानाभाट ,ईन्द्रप्रसाद वाग्ले र मधुमाया धिमिरे सर्वसहमत निर्वाचित भएका समितिका पदाधिकारीहरुलाई निर्वाचन संयोजक शिवराज काफ्लेले पदस्थापन तथा सफथ ग्रहण गराएका थिए।
उक्त पदस्थापन कार्यक्रमको सहजिकरण निर्वाचन कार्यक्रमका सहसंयोजक ऋषिराम ढुङ्गानाले गरेका थिए भने निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण निर्वाचन समितिका सदस्य प्रेमप्रकाश भट्टराईले गरेका थिए। युवा समाजसेवी पृथ्वीनारायण श्रेष्ठले जेष्ठ नागरिक मिलन केन्द्रलाई आफ्नो जन्मदिनको अवसरमा १५ हजाररुपैयाँ हस्तान्तरण गरेका थिए।

Like