सहकारीको सेयर पुँजी बढाइने

Share to:

रासंसा/काठमाण्डौ, पौष २५,

सहकारीको उत्पादनलाई उत्पत्तिको प्रमाणपत्र सहकारी महासंघले दिन पाउने ऐनमा गरेको ब्यवस्था लागु गर्न सहकारीकर्मी नै क्रियाशील हुनुपर्ने उनको भनाइ छ। राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले ३ अर्बको सेयर पुँजी बढाएर ८ अर्ब पुर्‍याउन लागिएको बताए। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहकारीको नियमनमा जोड दिएका छन्। सहकारीमा दिनप्रतिदिन समस्या आइरहेको भन्दै उनले नियमनमा कडाइ गर्नुपर्ने बताए। राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेशस्तरीय १८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सहकारीमा नियमन चुक्न नहुने बताए। सहकारीको स्वास्थ्य खराब भएको भन्दै उनले सचेत रहन सहकारीकर्मीलाई आग्रह गरे। २ खर्ब पुँजी परिचालन गरेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नियमनलाई कडाइ गर्ने बताए। उनले सहकारी आन्दोलनले पूर्णता पाइसक्यो र गर्न बाँकी केही नरहेको भन्ने भ्रममा नरहन सहकारीकर्मीलाई आग्रह गरे।

Like