दुई पत्रकारलाई ज्युँदै जलाइयो, जापानमा हिउँमा चिप्लिएर दुई सय बढी घाइते

Share to:

एजेन्सी,

हैटीको एक हतियारधारी समूहले हैटीका दुई पत्रकारलाई ज्युँदै जलाएका छन्। ती मकाक नामक हतियारधारी समूहका सदस्यले राजधानी पोर्ट औ प्रिन्समा दुई पत्रकारलाई ज्युँदै जलाएर मारेका हुन्। स्रोतले सीएनएन न्युजसँग बताएअनुसार हैटीमा सुरक्षा अवस्था दैनिक खस्किरहेको समाचार बनाएको आरोपमा सो समूहले दुईजना स्थानीय पत्रकारलाई एकैपटक ज्युँदै जलाएर मारेका हुन्। मारिनेमा हैटीको मिडिया रेडियो इकोटी एफएममा कार्यरत पत्रकार जोन वेस्ली अमाडी र अर्का पत्रकार रहेको सीएनएनले जनाएको छ।
बिहीबार र शुक्रबार दिउँसोसम्ममात्र सो संख्यामा मानिसहरु घाइते भएको र घाइतेहरु सबैलाई अस्पताल भर्ना गरिएको टोक्यो न्युजमा समाचार छ। चिप्लेर लड्नेमा ९ देखि ९७ वर्ष उमेर समूहका मानिस रहेको बताइएको छ। हिमपातका कारण विगत २४ घण्टामा ३ सयभन्दा बढी सामान्य खाले सडक दुर्घटना भएको समेत बताइएको छ। जापानमा हिउँ र बरफमाथिबाट चिप्लेर २ सयभन्दा बढी मानिस घाइते भएका छन्। राजधानी टोक्योमा भारी हिमपातपछि जमेको हिउँ र बरफमाथिबाट चिप्लेर सो संख्यामा मानिस घाइते भएका हुन्। चार वर्षपछि पहिलो पटक टोक्योमा भारी हिमपात भएको त्यहाँका अधिकारीहरुले बताएका छन्। बिहीबार साँझदेखि टोक्योमा १० सेन्टिमिटरसम्म हिमपात भएको बताइएको छ। भारी हिमपातका कारण त्यहाँको यातायात सेवा शुक्रबारसम्म अवरुद्ध बनेको टोक्यो न्युजमा खबर छ। टोक्योको तापक्रम शुक्रबार १.८ डिग्र सेल्सियसमा झरेको बताइएको छ। अमेरिकाले बेइजिङ ओलम्पिक्सको सफल उद्घाटन रोक्ने प्रयास गरेको आरोप लगाउँदै उत्तर कोरियाले शुक्रबार सो खेलकुद कार्यक्रममा सहभागी नहुने बताएको हो। संसारभरि बढ्दो कोरोना संक्रमणका कारण आफुले खेलकुदमा सहभागी नहुने निर्णय गरेको समेत बताएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। उत्तर कोरिया पनि चीनको शीतकालीन बेइजिङ ओपलिम्पक्समा सहभागी नहुने भएको छ। आगामी महिना राजधानी बेइजिङमा आयोजित ओलम्पिक्समा उत्तर कोरिया सहभागी नहुने भएको हो। यसअघि अमेरिका, अष्ट्रेलिया, बेलायत र जापानले शीतकालीन बेइजिङ ओलम्पिक्स खेलकुद कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेका थिए। शीतकालीन बेइजिङ ओलम्पिक्स आगामी फेब्रुअरी ४ देखि बेइजिङमा सुरु हुँदैछ।
पिटसवर्गः दोस्रो विश्व युद्धको समयमा अमेरिकी सैनिकले पठाएको एक पत्र करिब ७६ वर्षपछि मात्र प्राप्त भएको छ। अमेरिकी सैनिकले जर्मनीबाट म्यासाचुसेत्समा रहेकी आफ्नी आमालाई पठाएको पत्र करिब ७६ वर्षपछि प्राप्त भएको हो। दोस्रो विश्व युद्ध अन्त्यको क्रममा २२ वर्षीय आर्मी सर्जेन्ट जोन गोन्साल्भ्सले सन् १९४५ डिसेम्बरमा हुलाकमार्फत् आफ्नी आमालाई चिठी पठाएका थिए। सो चिठी पिटसबर्गस्थित अमेरिकी हुलाक सेवा कार्यालयमा फेला परेको र बुधबारमात्र आर्मीको परिवारले सो पत्र प्राप्त गरेको डब्ल्युएफएक्सटी टिभीमा रिपोर्ट छ। सो रिपोर्टअनुसार सो पत्र ७५ वर्षसम्म नखोलिएको बताइएको छ। सो पत्रमार्फत् आफू सञ्चै भएको र चाडै भेट्ने वाचा गरेको बताइएको छ। ठीठ्ठि पठाउने आर्मी गोन्स्लेभ्सको भने सन् २०१५ मा निधन भएको बताइएको छ।
बेइजिङः ताइवानलाई मुलुकको रुपमा चिनाउँदा चीनले एक ग्रोसरी स्टोरलाई जरिवाना तिराएको छ। चीनले ७-इलेभेन ग्रोसरी स्टोर कम्पनीलाई करिब ५० हजार युयान अर्थात् ७ हजार ८४२ अमेरिकी डलर बराबरको जरिवाना तिराएको हो। ७-इलेभेनले आफ्नो वेवसाइटमा ताइवानलाई एक मुलुकको रुपमा छुट्याउँदै ताइवानको झण्डाको चिन्ह राखेको थियो। सो कम्पनीले गतल काम गरेको भन्दै चीनको बेइजिङ म्युनिसिपल सरकारले सो कम्पनीलाई ५० हजार युयान जरिवाना तिराएको हो।
सो आरोपमा ७-इलेभेनलाई गएको डिसेम्बरदेखि मुद्दा अघि बढिरहेको थियो। सोही आरोपमा बेइजिङ म्युनिसिपल सरकारले शुक्रबार सजायस्वरुप सो रकम जरिवाना सुनाएको बताइएको छ।
टिम्बक्टुः मालिबाट फ्रान्सेली सेना हटेलगत्तै रुसले आफ्नो सेना तैनाथ गरेको छ। रुसले उत्तरी सहर टिम्बक्टुमा आफ्नो सैन्य फौज तैनाथ गरेको हो। गत महिनामात्र फ्रान्सेली सैन्य बलले टिम्बक्टु सहर छोडेको थियो। फ्रान्सेली सेनाले छोडेपछि खाली भएको सो सहरमा हालै रुसी सेना तैनाथ भएको माली सेनाका प्रवक्ताले जानकारी दिएका छन्। मालीको सैन्य बललाई तालिम दिन रुसी सेना सो शहरमा खटाइएको प्रवक्ताले बताएका छन्। फ्रान्सको उपनिवेशमा रहेको मालिमा लामो समयसम्म फ्रान्सेली सेना सो क्षेत्रमा खटाइएको बताइन्छ। पछिल्लो समय दुई पक्षीय सहमतिस्वरुप रुसी सेना मालीमा खटिएको बताइएको छ। यद्यपि माली सरकारले सो भनाईलाई बेवास्ता गर्दै आएको बताइएको छ।
अम्रितसारः चार्टर विमानमार्फत् इटालीबाट भारत पुगेका कम्तीमा १३ यात्रु क्वारेन्टीनबाट भागेका छन्। भारतको अम्रितसार पुगेपछि कोभिड संक्रमण पोजिटिभ देखिएका १३ यात्रु क्वारेन्टीनबाट भागेका हुन्। करिब १६० यात्रु बोकेको चार्टर विमान इटालीको मिलानबाट भारतको अम्रितसार भ्रमणका लागि उडेको थियो। सो विमानमार्फत् बुधबार अम्रितसार पुगेका १६० मध्ये सोही साँझ करिब १२५ यात्रुमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। संक्रमित यात्रुमध्ये १३ यात्रु भागेको बीबीसीले जनाएको छ। भारतमा शुक्रबारसम्म १ लाखभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्।
लण्डनः उजाडिएको जमिन हराभरा बनाउने बेलायतका कृषकहरुलाई सरकाले नगद रकम प्रदान गर्नै भएको छ। प्रकृति पुन प्राप्ती (नेचर रिकभरी) योजना कार्यक्रमअन्तर्गत सरकारले किसानहरुलाई सो रकम प्रदान गर्ने भएको हो। बेलायत सरकारले हालै करिब १५ वटा पाइलट परियोजना लागू गर्ने घोषणा गरेको छ। सो परियोजना सुरु भएको दुई वर्षमा अर्थात् सन् २०२८ सम्ममा सम्पन्न हुने बेलायत सरकारले जनाएको छ। नेचर रिकभरी कार्यक्रमअन्तर्गत किसानहरुले कम्तीमा ५ सय हेक्टरदेखि बढीमा १० हजार हेक्टर जमिनको अवस्था सुधार्नुपर्ने बताइएको छ। सो परियोजनाको वास्तविक लगानी सार्वजनिक नगरिए पनि दुई वर्षको अन्तरालमा करिब ८ सय मिलियन युरो रकम खर्च गरिने बताइएको छ। ल्याण्डस्केप एण्ड नेचर रिकभरी कार्यक्रमअन्तर्गत सरकारले सन् २०४२ सम्ममा ३ लाख हेक्टर जमिन सुधार गर्ने लक्ष्य राखेको छ। किसानहरुले उजाडिएको अर्थात् विनाश भएको सार्वजनिक एवं सरकारी जमिनलाई पुरानै अवस्थामा फर्काउनु पर्नेछ। जलवायु परिवर्तनका कारण उजाडिएको जमिनलाई सुधार्नुपर्ने र राम्रोसँग व्यवस्थापन गर्नुपर्नेछ। किसानहरुले उजाडिएका जमिनमा नासिएको जैविक विविधता फर्काउन, नदि, वन, सिमसार, वन्यजन्तु र अन्य प्रजातिहरुको वासस्थान स्वस्थ्य तवरमै फकाउनुपर्नेछ। सो कार्य गर्ने किसानहरुलाई सरकारले मनग्य रुपमा नगद रकम उपलब्ध गराउने गार्जियनमा समाचार छ।
अल्माटीः काजकिस्तानमा रुसी सेना परिचालनपछि कम्तीमा ३ हजार प्रदर्शनकारी पक्राउ परेका छन्। रुसको शान्ति सेना परिचालनपछि शुक्रबारसम्म कम्तीमा ३ हजारभन्दा बढी सरकार विरोधी प्रदर्शनकारी पक्राउ परेका हुन्। रुसी सेना खटिएपछि प्रदर्शनकारीहरुलाई त्यहाँको सुरक्षाकर्मीले पक्राउ गरेको काजकिस्तानको आन्तरिक मामला मन्त्रालयले सो जानकारी दिएको हो। पेट्रोलिय पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिको विरोधका कारण अशान्त बनेको काजकिस्तानमा त्यहाँ राष्ट्रपति कासिम जोमार्ट तोकायिभको आग्रहमा बिहीबारदेखि रुसको शान्ति सेना तैनाथ भएको थियो। काजकिस्तानमा इन्धनको मूल्यवृद्धिको विरोधमा आइतबार त्यहाँका सरकारविरोधी नागरिकले प्रदर्शन सुरु गरेका थिए। करिब एक हप्ता लामो सो प्रदर्शन पछिल्ला दिनहरुमा हिंसा परिणत भएको थियो। काजकिस्तानको ठूलो सहर अल्माटीबाट सुरु भएको सो प्रदर्शन देशभर चलेको थियो। प्रदर्शन हिंसामा परिणत भएपछि गएको मंगलबार काजकिस्तान सरकारले राजीनामा दिएको थियो भने देशमा संकटकाल घोषणा गरिएको थियो। प्रदर्शन अवधिभर १८ सुरक्षाकर्मी मारिएका थिए भने दर्जनौं प्रर्दशनकारी मारिएका थिए। सो हिंसामा १ हजारभन्दा बढी प्रदर्शनकारीहरु घाइते भएका थिए।

Like