किन भयो प्रधानमन्त्रीको भारत भ्ररमण रद्द ?

Share to:

रासंसा/काठमाण्डौ, पौष २३,

मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवाको २५ पुस आतइबारबाट हुने भनिएको भारत भ्रमण रद्द भएको छ । भारतको गुजरात सरकारले राज्यमा कोभिड–१९ को संक्रमण दर बढेको कारण भाइब्रेन्ट गुजरात लगानीकर्ता सम्मेलन स्थगित गरेको घोषणा गरेसँगै प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो । परराष्ट्र मन्त्रालयले बिहीबार कोभिड–१९ को संक्रमणका कारण जोखिम भएको भन्दै भ्रमण रद्द भएको बताएको छ । पछिल्लोपटक प्रधानमन्त्री नियुक्त भएपछि उनको यो पहिलो भारत भ्रमण हुन लागेको थियो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेशमा हुने १०औं भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । आइतबारदेखि प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्ने विषयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । सो भ्रमण दलमा २५ सदस्यीय टोली रहने उल्लेख भएको थियो । भारतीय प्रधानमन्त्री मोदीको गृहप्रदेशमा १० जनवरीबाट हुने १०औं भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री गुजरात जाने तय भएको थियो । भ्रमणको दौरानमा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम थियो ।

Like